सल्यानमा सत्तारुढ दलहरुबीच गठबन्धन नहुने भएको छ। दलहरूका आ–आफ्नै दाबी र अडानका कारण सहमति नजुटेपछि एक्लाएक्लै चुनावमा जाने निर्णय भएको हो । नेपाली काँग्रेस सल्यानका पार्टी सभापति केशबहादुर विष्टको अध्यक्षतामा आइतबार बसेको बैठकले एक्लाएक्लै चुनावमा जाने निर्णय गरेको हो । विष्टले भने, ‘गठबन्धन दलका तर्फबाट पालिकास्तरको बाँडफाँडका विषयमा सहमति गर्न कठिनाई भएकाले निर्वाचनमा मैत्रिपूर्ण र स्वच्छ प्रतिस्पर्धासहित चुनावमा जाने निर्णय गरियो।’ बैठकमा तीनवटै दलका प्रतिनिध