सल्यान : सत्ता गठबन्धनमा रहेका दलहरू सल्यानमा एक्लाएक्लै स्थानीय तहको निर्वाचनमा जाने भएका छन्। सत्ता साझेदार नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीबीच आइतबार बसेको बैठकले निर्वाचनमा एक्लाएक्लै जाने निर्णय गरेको हो।गठबन्धन दलमा पालिका स्तरको बाँडफाँटमा सहमति नभएपछि वैशाख ३० गते हुने निर्वाचनमा मैत्रीपूर्ण र स्वच्छ प्रतिस्पर्धासहित निर्वाचनमा जाने निर्णय गरिएको नेकपा माओवादी केन्द्र सल्यानका संयोजक कृतिबहादुर पुनले जानकारी दिए। ‘गठबन्धनमा रहेका दलले आ-आफ्