काठमाडौं : नेकपा (एमाले)का सचिव तथा सांसद योगेशकुमार भट्टराईले वर्तमान सत्तारूढ गठबन्धन टुट्नु अनिवार्य रहेको बताएका छन्। शुक्रबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले गठबन्धन अप्राकृतिक रुपमा जोडिएको र जग कमजोर भएकाले टुट्नु अनिवार्य रहेको बताएका हुन्।गठबन्धन टुटेको खण्डमा नेपालको संविधानको धारा ७६ प्रभावित हुने भएकाले सो धाराअनुसार एमालेको भूमिका कहाँ हुन्छ सोहीअनुसार भूमिका निर्वाह गरिने उनले भनाइ छ।उनले भने, ‘अहिले एमालेको प्राथमिकता चुनाव हो। वैशाख ३० गतेको