पोखरालाई आधार बनाएर उडान गर्दै बुद्ध

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थललाई आधार बनाउँदै झन्डै साढे २ दशकदेखि आन्तरिक उडान गर्दै आएको निजीक्षेत्रको वायुसेवा कम्पनी बुद्ध एयरले पोखराबाट राष्ट्रिय तथा अन्तरराष्ट्रिय उडान गर्ने भएको छ । हाल निर्माणाधीन अवस्थामा रहेको पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि पाँचओटा जहाज राखेर आन्तरिक र बा⋲य उडान गर्ने बुद्ध एयरले जानकारी दिएको हो । पोखरा अन्तरराष्ट्रिय विमानस्थलको धावनमार्गलाई पूर्वतिरबाट जोड्न आग्रह गर्दै कम्पनीले यस्तो जानकारी दिएको हो । एकातर्फबाट मात्र उडान र जहाजको ‘ट्याक्सी–वे’ एउटै हुँदा एयर ट्राफिक स्वाभाविक बढ्ने भन्दै सुधारका लागि कम्पनीले आग्रह गरेको छ । कम्पनीले मंगलवार प्रेस वक्तव्य जारी गर्दै उक्त योजनाअन्तर्गत पोखराबाट भारतको विभिन्न गन्तव्यमध्ये शुरूमा नयाँदिल्ली, देहेरादुनमा सीधा उडान गर्ने तयारी भएको उल्लेख गरेको छ । पोखराबाट धवलागिरिदेखि सगरमाथासम्मको हिमशृंखला दृश्यावलोकन उडान तथा काठमाडौं र अन्य शहरहरूसँग आवश्यकताअनुसारको दैनिक सीधा उडानहरू गर्ने कम्पनीले उल्लेख गरेको छ । पोखरा अन्तरराष्ट्रिय एयरपोर्टको पूर्वाधारमा ‘ट्याक्सी–वे’लाई धावनमार्गको एकातर्फबाट मात्र जोडिएको हुँदा हाल सञ्चालनमा रहेको विमानस्थलभन्दा थोरै उडान हुने पनि कम्पनीले उल्लेख गरेको छ । हाल निर्माणाधीन विमानस्थलको पूर्व/पश्चिम धावनमार्गको पश्चिम धावनमागलाई मात्र अन्त्यसम्म ‘ट्याक्सी–वे’ ले जोडिएको छ । पश्चिमको ठूलो डाँडाका कारण विमान अवतरण पूर्वबाट मात्र सम्भव छ । तर, पूर्वको धावनमार्गलाई ‘ट्याक्सी–वे’ ले जोडिएको छैन । यसैकारण विमानहरू उडान गर्नुपर्दा पश्चिमबाट मात्र सम्भव भएको भन्दै बुद्धले यसबाट ‘हवाई ट्राफिक’ बढ्न गई स्वतः कम उडान हुने कम्पनीका मार्केटिङ निर्देशक रूपेश जोशीले जानकारी दिए । उनले भने, ‘अहिले धावनमार्ग र ‘ट्याक्सी–वे’ को निर्माण सिमेन्ट कंक्रिटले भइरहेको छ, अब बाँकी ‘ट्याक्सी–वे’ निर्माण गर्दा प्रक्रिया लम्बिने र निर्माण खर्च पनि महँगिने हुँदा विशेषज्ञको सल्लाह लिई अलकत्राको पिच मात्र गरे पुग्छ ।’ राष्ट्रिय गौरवको उक्त विमानस्थलको ७० प्रतिशत निमार्ण कार्य सम्पन्न भइसकेको छ ।

सम्बन्धित सामग्री

बुद्ध एयरले सबै उडान पोखरा विमानस्थलबाट गर्ने

काठमाडौं :  बुद्ध एयरले पुस १७ गतेदेखि सबै उडान नवनिर्मित पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट सञ्चालन गर्ने भएको छ। पोखरा अन्तरराष्ट्रिय विमानस्थल अङ्ग्रेजी वर्ष २०२३ को १ जनवरीदेखि व्यावसायिकरुपमा सञ्चालनमा ल्याउने नेपाल नागरिक उड्डयन प्राधिकरणले घोषणा गरिसकेको छ।भौतिक पूर्वाधारले निकै राम्रो मानिएको नयाँ विमानस्थलबाट उडान भर्न सम्पूर्ण तयारी गरिएको कम्पनीले जनाएको छ। बुद्ध एयरले नयाँ विमानस्थलबाट उडान हुने भएकाले यात्रुलाई निश्चित समयमा जाँचका लागि अनुरोध गरेको छ। उक्त विमानस्थलमा आइएफ

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्ध र यतीको सफल उडान

निर्माण सम्पन्न भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्ध र यती एयरलाइन्सले प्रदर्शन उडान (डेमो उडान) सम्पन्न गरेका छन् । बुद्ध र यतीले बिहीबार नवनिर्मित विमानस्थलमा प्रदर्शन उडान सम्पन्न गरेको हो । बुद्ध एयर र यती एयरलाइन्सले छुट्टाछुट्टै प्रेस विज्ञप्ति जारी गरी प्रदर्शन उडान सफलतापूर्वक सम्पन्न भएको जनाएको छ । दुवै वायुयान कम्पनीले एटिआर–७२ विमानमार्फत् पोखरा उपत्यकालाई […]

बुद्ध एयरले अब सुर्खेतमा पनि उडान भर्ने

हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले अब सुर्खेतमा ७२ सिट क्षमताको जहाजमार्फत सेवा प्रदान गर्ने भएको छ । बुधबार बुद्ध एयरले नागरिक उड्डयन प्राधिकरणसँगको सहकार्यमा एटीआर–७२ मार्फत सुर्खेत विमानस्थलमा परीक्षण उडान गरेको छ।बुद्ध एयरले नियमित नेपालगञ्जकै उडान गर्दै आएको एटीआर ७२ मार्फत परीक्षण उडान गरेको हो। परीक्षण उडानपछि विज्ञप्ति जारी गर्दै ७२ सिटे जहाज उडान तथा अवतरणका लागि अनुकूल देखिए जनवरी २०२३ बाट नियमित उडान गर्ने जनाएको छ। ७२ सिट क्षमताको जहाजबाट सेवा दिँदा सुर्खेत–काठमाडौं भाड

बुद्ध एयरले पोखरादेखि भारतका तीन गन्तव्यमा उडान गर्ने

निजी क्षेत्रको अग्रणी वायुसेवा कम्पनी बुद्ध एयरले पोखरास्थित क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतका तीन गन्तव्यमा उडान सुरु गर्ने भएको छ । बुद्ध एयरका अनुसार पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतका बनारस, दिल्ली र देहरादुनमा उडान गर्न लागिएको हो । “नागरिक उड्डयन प्राधिकरणले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सन् २०२३ को जनवरीदेखि सञ्चालनमा आउने जानकारी दिएको छ”, कम्पनीले भनेको छ, “त्यहाँबाट हुने पहिलो उडानका रुपमा बुद्ध एयरले पोखरा–बनारस&nda

आइतबारदेखि बुद्ध एयरले रात्रिकालीन उडान भर्ने

काठमाडौँ । बुद्ध एयरले आइतबारदेखि विभिन्न गन्तव्यहरुमा रात्रिकालीन उडान सेवा विस्तार गर्ने भएको छ । रात्रिकालीन उडान तत्कालका लागि जनकपुर, नेपालगन्ज, विराटनगर, भैरहवा, भद्रपुर र सिमरामा उपलब्ध हुने कम्पनीले जनाएको छ । यी उडानका समयहरु राति ८ बजेपछिका मात्र हुनेछन् । नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृत उडान तालिकाको करिब १३ प्रतिशत रात्रिकालीन उडान रहेको बुद्ध एयरले […]

बुद्ध र यतिद्वारा पर्वतीय उडान पुनः सुरू

कोरोना संक्रमणपछि रोकिएको पर्वतीय उडान पुनःसुचारु हुने भएको छ ।बुद्ध एयर र यति एयरलाइन्सको पर्वतीय उडान यसै साताबाट सुरु गर्ने जनाएका छन् । बुद्ध एयरले आगामी शनिबारदेखि र यतिले आइतबारबाट पर्वतीय उडान सुरु गर्न जनाएका छन् । बुद्धले ९ हजार ९९९ रुपैयाँको शुल्कमा र यति एरलाइन्सले सोही सुविधा ८८४८ मा तिरेर भारतीय, नेपाली नागरिक दुई […]

आजदेखि बुद्ध एयरको पोखरा–सिमरा उडान सुरु

बुद्ध एयरको नयाँ गन्तव्य पोखरा–सिमरा उडान सुरु भएको छ। कम्पनीले आजदेखि पोखरा– सिमरा सिधा उडान भर्न सुरु गरेको हो।

बुद्ध एयरले भरतपुर-भैरहवा उडान सुरू गर्ने

बुद्ध एयरले भरतपुरदेखि भैरहवा हवाइ उडान सुरू गर्ने भएको छ। आगामी  साउन ३१ गतेदेखि भरतपुर-भैरहवा सातामा ३ उडान गर्ने भएको छ।

बुद्ध एयरले सुरु गर्‍यो नेपालगञ्ज–पोखरा उडान

नेपालगञ्ज – बुद्ध एयरले नेपालगञ्ज–पोखरा–नेपालगञ्ज उडान सुरु गरेको छ। आइतबार बिहान १० बजे नेपालगञ्जदेखि पोखराका लागि बुद्ध एयरको १८ सिटे जहाजको उडान भएको हो। बुद्ध एयरले हप्ताको तीन दिन नेपालगञ्ज–पोखरा–नेपालगञ्ज उडान गर्ने भएको छ। बुद्ध एयर नेपालगञ्जका स्टेशन म्यानेजर विनित शाहका अनुसार, आइतबार, बुधबार र शुक्रबार नेपालगञ्ज–पोखरा–नेपालगञ्ज उडान हुनेछ। आइतबार नेपालगञ्जदेखि १७ जना यात्रु पोखरा […]

बुद्ध एयरले अयोध्या उडान गर्ने

निजी क्षेत्रको हवाई सेवा प्रदायक बुद्ध एयरले जनकपुर–भारतको अयोध्यामा उडान भर्ने तयारी गरेको । बुद्धले अयोध्यामा उडान भर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा र नागरिक उड्डयन प्राधिकरणसँग अनुमति माग गरेसँगै उडान भर्ने तयारी गरेको हो ।उडान सुरु भएसँगै धार्मिक महत्व बोकेको जनकपुर र अयोध्या क्षेत्रले दुई देशको धार्मिक पर्यटक बढेर जाने विश्वास कम्पनीले […]