बुद्ध एयरले अब सुर्खेतमा पनि उडान भर्ने

हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले अब सुर्खेतमा ७२ सिट क्षमताको जहाजमार्फत सेवा प्रदान गर्ने भएको छ । बुधबार बुद्ध एयरले नागरिक उड्डयन प्राधिकरणसँगको सहकार्यमा एटीआर–७२ मार्फत सुर्खेत विमानस्थलमा परीक्षण उडान गरेको छ।बुद्ध एयरले नियमित नेपालगञ्जकै उडान गर्दै आएको एटीआर ७२ मार्फत परीक्षण उडान गरेको हो। परीक्षण उडानपछि विज्ञप्ति जारी गर्दै ७२ सिटे जहाज उडान तथा अवतरणका लागि अनुकूल देखिए जनवरी २०२३ बाट नियमित उडान गर्ने जनाएको छ। ७२ सिट क्षमताको जहाजबाट सेवा दिँदा सुर्खेत–काठमाडौं भाड

सम्बन्धित सामग्री

नेपाल एयरलाइन्सले सुर्खेतमा प्रजातन्त्र दिवसको अवसरमा परीक्षण उडान भर्ने

सिमकोट – सरकारी स्वामित्वको एयरलाइन्स नेपाल एयरलाइन्सले प्रजातन्त्र दिवस फागुन ७ गते कर्णाली प्रदेशको राजधानी सुर्खेत विमानस्थलबाट हिमाली जिल्ला हुम्लाको सिमकोट विमानस्थलमा पहिलो पटक परीक्षण उडान गर्ने  भएको छ। नेपाल एयरलाइन्सले कर्णालीका चार जिल्लामध्ये हुम्लाबाट सुर्खेतका लागि परीक्षण उडान भर्न लागेको हो। नेपाल एयरलाइन्स सिमकोट स्टेशनका प्रमुख छिरिङ लामाले कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट फागुन ७ […]

सुर्खेतमा प्याराग्लाइडिङ उडान

सुर्खेत (अस) । सुर्खेत सदरमुकाम वीरेन्द्रनगरको बयलकाँडादेखि औपचारिक रूपमा साहसिक प्याराग्लाइडिङ उडान सुरु भएको छ । वेलकम प्याराग्लाइडिङ प्रालिले व्यावसायिक उडान सुरु गरेको हो । कर्णालीको पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने उद्देश्यले व्यवसायिक प्याराग्लाइडिङ सञ्चालन गर्न लागिएको कम्पनीले बताएको छ । विश्व कीर्तिमानी प्याराग्लाइडिङ पाइलट सानुबाबु सुनुवारले कर्णालीमा साहसिक खेललाई प्रचार–प्रसारसँगै प्रवर्द्धन गर्ने उद्देश्यले व्यावसायिक प्याराग्लाइडिङ उडान सुरु गरिएको जानकारी दिए । उनले साहसिक उडान सुरु भएपछि सुर्खेत आसपासका क्षेत्रको मात्र नभई समग्र कर्णालीकै आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनसँगै आर्थिक विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे । ‘कोरोना महामारीका कारणले खुम्चिएको पर्यटकीय गतिविधिलाई प्रदेश राजधानी सुर्खेतमा विस्तार गर्न लागेका छौं,’ उनले भने, ‘यहाँ पर्यटकीय गतिविधि बढाउनुका साथै केही समयपछि अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रतियोगितै आयोजना सञ्चालन गर्ने योजना बनाएका छौं ।’ उनले आगामी दिनमा नागरिक र सरकारी स्तरबाट प्याराग्लाइडिङ पाईलट प्रशिक्षण सञ्चालनका लागि माग आए त्यसतर्फ  सोच्न सकिने जिकिर गरे । उनका अनुसार सुर्खेतको भूगोल र हावापानी प्याराग्लाइडिङ पाइलट प्रशिक्षणका लागि उपयुक्त छ । नागरिकको मागअनुसार सुर्खेतमा प्रतिदिन ४०/५० उडान भर्ने योजना बनाएको कम्पनीका प्रमुख निर्देशक पदमबहादुर शाहीले बताए । उनले हावाको वेगमा कुनै समस्या आइपरे बीचमै आपतकालीन अवतरण गर्न सकिने व्यवस्था मिलाइएको जानकारी दिए । कर्णालीका विभिन्न क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि निकट भविष्यमै हर्सराइडिङ, रकक्लाइमिङ, साइक्लिङ, र्‍यारफ्टिङलगायत सेवा सुर्खेतबाटै सञ्चालन गर्ने कम्पनीको भावी योजना रहेको उनको भनाइ छ । ‘साहसिक पर्यटकको रोजाइका लागि हामीले पुनः प्याराग्लाइडिङको व्यावसायिक  उडान सुरु गर्न लागेका छौं,’ उनले भने, ‘प्याराग्लाइडिङमार्फत सुर्खेतका धार्मिक तथा ऐतिहासिक स्थलको मनोरम दृश्यावलोकनसँगै प्रचार–प्रसारमा  टेवा पुग्ने विश्वास लिएका छौं ।’ यसअघि नै १ करोड लगानीबाट सुरु गरेको वेलकम प्याराग्लाइडिङ प्रालिले पर्यटन प्रवर्द्धनसँगै साहसिक खेल क्षेत्रमा टेवा पुग्ने बताए । उनका अनुसार आइतबारदेखि सुरु भएको व्यावसायिक प्याराग्लाइडिङ उडान आगामी जेसम्म सञ्चालन गरिनेछ । ५० प्रतिशत छुट हाल सुर्खेतका नागरिकलाई प्रतिउडानमा ५० प्रतिशत छुट गरिएको छ । कम्पनीले प्रतिउडान, प्रतिव्यक्ति ३ हजार ५ सय, तीनदेखि ५ जनाको समूहलाई प्रतिव्यक्ति ३ हजार २ सय, पाँचदेखि १० जना समूहलाई २ हजार ८ सय र १० भन्दा माथिको समूहलाई प्रतिव्यक्ति, प्रतिउडान २ हजार ५ सय रुपैयाँ निर्धारण गरेको छ ।

गुण एयरलाइन्सले सुर्खेत–काठमाडौं नियमित उडान गर्ने

वीरेन्द्रनगर (अस) । निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी गुण एयरलाइन्सले दशैंअगावै सुर्खेत–काठमाडौं नियमित उडान सुरु गर्ने गरी तयारी थालेको छ  । देशका पाँच वटा गन्तव्यमा उडान भर्ने गरी गृहकार्य अन्तिम चरणमा पुगेको गुण एयरलाइन्सका प्रवक्ता प्रज्ज्वल थापाले जानकारी दिए । एयरलाइन्ससँग हाल पाँच वटा जेट इन्जिन र दुई ट्वीनअटर जहाज छन् । उनका अनुसार सुरुआती उडान सुर्खेत, पोखरा, भरतपुर चितवन, भैरहवा र नेपालगञ्जमा गर्ने योजना छ । नागरिक उड्डयन प्राधिकरणसँग अनुमति पाइसकेकाले केही दिनमा सुर्खेतमा परीक्षण उडान गर्न लागेको प्रवक्ता थापाले बताए । ‘कर्णाली पर्यटनका लागि भर्जिन गन्तव्य हो । काठमाडौं आएका पर्यटकलाई सीधै सुर्खेत पु¥याउन गुण एयरलाइन्स मजुबत बनेर जुट्दै छ’, थापाले भने । उद्योग वाणिज्य महासंघ कर्णालीका अध्यक्ष पदमबहादुर शाहीले गुण एयरलाइन्सले सेवा सुरु गरेपछि निरन्तरता दिनुपर्ने बताए । सुर्खेत–काठमाडौं र काठमाडौं–सुर्खेत उडान दैनिक एउटा हुनेछ । ‘सुर्खेत–काठमाडौंको भाडादर भने अहिले नै तय भइनसकेको छैन । तर, हाल कायम रहेभन्दा केही सस्तो हुन्छ,’ प्रवक्ता थापाले भने ।

गुण एयरलाइन्सको उडान पुनः सुरु

निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी गुण एयरलाइन्सले आजदेखि आफ्नो नियमित उडान सुरु गरेको छ ।आफ्ना दुई विचक्राफ्ट र थप गरिएका पाँच जेट स्ट्रिमसहित कूल सात जहाजको उडान सुरु गरिएको कम्पनीले जनाएको छ । सुरुआती उडान काठमाडौँबाट पोखरा, भरतपुर (चितवन) हुनेछ भने केही दिनपछि नै अन्य गन्तव्य तुम्लिङटार, विराटनगर, सिमरा, जनकपुर, भैरहवा, नेपालगञ्ज र सुर्खेतमा उडान भर्ने योजना बनाइएको छ । आन्तरिकतर्फ नियमित उडानका लागि बुकिङ पनि धमाधम भइरहेको गुण एयरलाइन्सका प्रवक्ता एवं बजार प्रमुख प्रज्वल थापाले बताए ।ने

हुस्सुका कारण कर्णालीमा हवाई सेवा अवरुद्ध

हुस्सुका कारण कर्णालीको हवाई सेवा तीन दिनदेखि अवरुद्ध भएको छ । कर्णालीमा उडान भर्ने नेपालगञ्ज र सुर्खेतमा हुस्सु लाग्दा तीन दिनदेखि कर्णालीको हवाई सेवा अवरुद्ध भएको हो

हुम्लामा दुई दिनदेखि हवाई उडान प्रभावित

हुम्ला । हुम्लामा दुई दिनदेखि हवाई उडान अवरुद्ध भएको छ । तराईमा चलेको बाक्लो हुस्सु र सिमकोटमा चलेको हावाहुरीका कारण बुधबारदेखि  हवाई उडान प्रभावित भएको हो  ।  बुधबार बिहानैबाट हुस्सुले नेपालगञ्ज नखुल्नु र सुर्खेतमा हुम्ला उडान भर्ने हवाईजहाज नभएका कारण  हवाई सेवा प्रभावित भएको जनाइएको छ ।नेपालगञ्जमा...