लघुवित्तबाट लिएको ऋण कदापी मिनाहा नहुने भएकाले कुनै व्यक्ति वा समूहको कुरा सुनेर भ्रममा नपर्न अर्थमन्त्री प्रकाशशरण महतले आग्रह गरेका छन् । पछिल्ला महिनामा बैंक तथा वित्तीय संस्था, लघुवित्तलगायतबाट लिएको ऋण तिर्नुपर्दैन, हामी मिनाहा गराएरै छाड्छौं भन्दै अराजक गतिविधि बढिरहेका बेला अर्थमन्त्री महतले यस्तो प्रतिक्रिया दिएका हुन् ।