म्याग्दी : नेपालको दोस्रो पशुपतिनाथका नामले परिचित म्याग्दीको बेनी नगरपालिका ९ स्थित गलेश्वरधाममा बालाचतुर्दशी पर्वका अवसरमा ४० हजार भक्तजनले शतविज छरेका छन् भने ६ लाख बढि भेटी संकलन भएको छ।गलेश्वर शिवालय क्षेत्रविकास कोषले सोमबार बालाचतुर्दशी पर्वका अवसरमा सन् २०२० यता (कोरोना महामारीपछि) सबैभन्दा धेरै भक्तजनहरु आएको जनाएको छ।कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बालाचतुर्दशी पर्वका अवसरमा गलेश्वरमा देशैभरबाट गलेश्वर धाममा मानिसहरु पूजाआजा, दर्शन र शतबीज छर्न आएका बताए।‘कोरोना महा