डिसी महानगर क्षेत्र । अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोर क्षेत्र वरपर बसोबास गर्ने नेपालीहरुले चङ्गा मेलाको आयोजना गर्न सफल भएका छन्। अमेरिकामा नेपाली समुदायको इतिहासमा बाल्टिमोरमा सम्भवत पहिलो पटक चङ्गा मेलाको आयोजना गरिएको छ।
अमेरिकाको मेरिल्याण्ड राज्यको वाल्टिमोर क्षेत्र वरपर बसोबास गर्ने नेपालीहरुले चङ्गा मेलाको आयोजना गरेका छन् । मेरिल्याण्ड राज्यको गन पाउडर फल्स स्टेट पार्क (राज्य उद्यान) मा अक्टोबर २४ आइतबारका दिन दिउसो चङ्गा मेला सम्पन्न भएको छ ।कार्यक्रमको आयोजना लायन्स क्लब अफ वाल्टिमोर नेप्लिजले गरेको हो । अमेरिकामा रहेका दोश्रो पुस्तालाई नेपालका चाडपर्व र कला संस्कृतिका बारेमा चिनाउन मेला आयोजना गरिएको लायन्स क्लब अफ वाल्टिमोर नेप्लिजका संस्थापक बैकुण्ठ मान श्रेष्ठले बताए ।