काठमाण्डाै – रुसले युक्रेनमाथि आक्रमण सुरु गरेपछि भारत र चीनले रुसबाट पेट्रोलियम पदार्थकाे आयात बढाएका छन् । यसअघि पनि रुसी तेलको सबैभन्दा ठूलो आपूर्तिकर्ता रहेको चीन र मुख्य आपूर्तिकर्ताको रूपमा रहेको भारतले युद्ध सुरु भएपछि रुसी तेलको आपूर्ति अझै बढाएका इकोनोमिक्स टाइम्सले जनाएको छ ।अमेरिकाले रुसी तेलमा प्रतिबन्ध लगाएपछि रुसले चीन र भारतलाई अझ सस्तोमा पेट्रोलियम पदार्थ दिएको इकाेनाेमिक्स टाइम्स पत्रिकाले दाबी गरेको छ । युद्धका कारण पेट्रोलियम पदार्थको भाउ बढिरहेका बेला अमेरिकाले रुसी तेलमाथि...