नेपाली काँग्रेसका नेता शेखर कोइराला पक्षले मधेश प्रदेशमा गठबन्धनका विरुद्ध जाने निर्णय गरेको छ । मधेश प्रदेशका नेता तथा कार्यकर्ताको मागलाई मध्यनजर गरेको भन्दै आज एक बैठक बसी संस्थापन पक्षको निर्णयलाई अस्वीकार गर्ने निर्णय गरेको हो ।बर्दिबासस्थित गौतम होटेलमा बसेको बैठकले संस्थापन पक्षले संस्थापन इतरलाई भेदभाव गरेर अगाडि बढेको निष्कर्ष निकालेको छ । काँग्रेसले गठबन्धन नगरी एक्लाएक्लै लड्नुपर्ने कोइराला पक्षको जोड छ । 'यदि गठबन्धन गरेता पनि निर्णयको अधिकार तल्लो तहलाई दिनुपर्छ,' कोइरा