वीरगंजमा गठबन्धनका राजेशमान अगाडि, पछ्याउँदै एमालेका विजय सरावगी

वीरगंजः वीरगंज महानगरमा जनता समाजवादी पार्टीका उम्मेदवार राजेशमान सिंहले प्रारम्भिक अग्रता लिएका छन्। एमालेका मेयर पदका उम्मेदवार विजयकुमार सरावगीभन्दा २६ मतले अगाडि छन्। महानगरको ३१ नम्बर वडा बेल्वाको कूल खसेको ३८ सय मतमध्ये अहिले १५० मात्रै गणना भएको छ। सत्तारुढ गठबन्धनका साझा उम्मेदवार सिंहले ७९, एमालेका सरावगीले ५३ र राप्रपाका…

सम्बन्धित सामग्री

विरगञ्जमा चारवटा वडाको एकैसाथ मतगणना

विरगञ्ज महानगरका चारवटा वडाको एकैसाथ मत गणना सुरु भएको छ ।महानगरका वीरगन्ज महानगरका ३२ , ३१, १ र २ वडाको मतगणना थालिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । विरगञ्जमा गठबन्धनका तर्फबाट राजेशमान सिंह र एमालेका तर्फबाट विजय सरावगी मेयरका प्रतिस्पर्धी छन् ।

वीरगञ्जका सबै वडामा हामी लिड गर्छौं : विजय सरावगी

३० वैशाख, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको मेयर पदका नेकपा एमाले उम्मेदवार विजयकुमार सरावगीले आफूले सबै ३२ वटै वडामा लिड गर्ने बताएका छन् । वीरगञ्ज–१३ खाद्य संस्थानस्थित मतदान केन्द्रमा मतदान गरेपछि पत्रकारहरुसँग कुरा गर्दै उनले सबै वडामा आफ्नो धेरै मत आउने दावी गरेका छन् । निवर्तमान नगर प्रमुख सरावगीले मतदान व्यवस्थित नभएको बताए । ‘व्यवस्थापनमा कमाजोरी […]

वीरगञ्जमा विजय सरावगी र राजेशमान सिंहसँगै गिरिश गिरीको चर्चा

नेपालको पुरानो तथा आर्थिक हिसाबले पनि महत्त्वपूर्ण सहर मानिने वीरगञ्ज मधेस प्रदेशमा पर्ने एक मात्र महानगर भएका कारण पनि चर्चामा छ ।  वीरगञ्जको जितले मधेसमा तथा राष्ट्रिय राजनीतिमा पनि प्रभाव पार्ने कारणले दलहरु जित निकाल्ने कसरतमा लागेका छन् । वीरगञ्जमा जसरी सत्तासीन दलबीच गठबन्धन बनेको छ, त्यसैगरी एमाले तथा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच पनि तालमेल भएको छ ।  वीरगञ्जको मेयरमा २३ जनाको स्वतन्त्र उम्मेदवारी परेको छ भने ७ जना दलका तर्फबाट उम्मेदवार छन् । यसअघि २०७४ को चुनावमा १९, ३९३ मत ल्या...

विजयलाई जित जोगाउने चुनौती

२४ वैशाख, वीरगञ्ज । व्यापारिक परिवारमा जन्मिएर उद्योग–व्यावसायको क्षेत्रमा प्रगति गरेका वीरगञ्जका विजय सरावगी पछिल्लो समय ‘राजनीतिक खेलाडी’को रुपमा चर्चित छन् । राजनीतिक अवसरका लागि दल बदल्नमा माहिर कहलिएका उनी यस पटक नेकपा एमालेको तर्फबाट दोस्रो कार्यकालका लागि वीरगञ्ज महानगरपालिकाको मेयर जित्ने अभियानमा छन् । २०७४ सालको निर्वाचनमा उनी तत्कालीन संघीय समाजवादी फोरमबाट उठेर १९ […]

एमालेबाट वीरगन्जको मेयरमा विजय सरावगी सर्वसम्मत सिफारिस

वीरगन्ज । वीरगन्ज महानगरपालिकाको मेयरको उम्मेदवारका लागि नेकपा एमालेले वर्तमान मेयर विजय सरावगीको नाम सिफारिस गरेको छ । आज (बुधबार) बसेको एमालेको वीरगन्ज महानगरपालिका कमिटीको बैठकले सरावगीलाई सर्वसम्मत रुपमा उम्मेदवार सिफारिस गरेको महानगर कमिटीका उपाध्यक्ष महेश दासले जानकारी दिए । बुधबारको बैठकमा महानगर कमिटीका सचिव सुन्दरकुर्मीले सरावगीलाई उम्मेदवारको रुपमा सिफारिस गरेका थिए भने उपाध्यक्ष दासले […]

चुनाव आयो, सुरु भयो दलबदल

२९ फागुन, काठमाडौं । वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगी शनिबार नेकपा एमालेमा प्रवेश गरे । व्यवसायी समेत रहेका सरावगी २०७४ सालको स्थानीय तहको निर्वाचन भन्दा ६ महिनाअघि वीरगञ्जको मेयरको टिकट पाउने गरी तत्कालीन संघीय समाजवादी फोरममा प्रवेश गरेका थिए । ३० वैशाखको चुनावमा एमालेले मेयरको टिकट दिने भएपछि त्यही पार्टी प्रवेश गरेका छन् । उनले […]

वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगी एमालेमा प्रवेश

काठमाण्डाै – पर्साको वीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगी नेकपा एमाले प्रवेश गर्नुभएको छ । सरावगी जनता समाजवादी पार्टी परित्याग गरि एमालेमा प्रवेश गर्नुभएको हो ।वीरगञ्जको प्रसौनीविर्तामा आयोजना गरिएको कार्यक्रममा सरावगीलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराउनुभएको हो । २०७४ सालको स्थानीयतहको चुनावमा  सरावगी तत्कालीन संघीय समाजवादी फोरमबाट मेयरमा निर्वाचित हुनुभएको थियो ।  पार्टी प्रवेश कार्यक्रममा मेयर सरावगीले आफू एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री ओलीको व्यक्तित्वबाट पहिलेदेखि प्रभावित...

वीरगञ्जका मेयर सरावगी एमाले प्रवेश

वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय सरावगी नेकपा (एमाले)मा प्रवेश गरेका छन्। मेयर सरावगीलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले फूलमाला लगाएर पार्टीमा स्वागत गरेका हुन्। जसपा नेताहरुलाई एमाले प्रवेश गराउन ओली शनिबार...

वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगी एमाले प्रवेश, ओलीले गरे स्वागत

काठमाडौं, २८ फागुन। वीरगन्ज महानगरपालिकाका मेयर विजय सरावगी एमाले प्रवेश गरेका छन् । उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले आज पार्टीमा स्वागत गरेका हुन् । आज (शनिबार) पर्सामा आयोजित पार्टी प्रवेश कार्यक्रममा एमालेका सचिव तथा मधेश इन्चार्ज रघुवीर महासेठ पनि सहभागी थिए । सरावगीसँगै वीरगन्ज महानगरपालिकाका चारजना वडाध्यक्ष र सदस्यहरु समेत एमाले प्रवेश गरेका छन् […]

वीरगन्ज महानगरमा फोरमका विजय सरावगी विजयी - Naya Patrika

वीरगन्ज महानगरपालिकाको मेयरमा संघीय समाजवादी फोरमका विजय सरावगी विजयी भएका छन् । कांग्रेसका अजय द्विवेदीलाई झिना मतले हराउँदै उनी मेयरमा निर्वाचित भएका हुन् ।