काठमाडौँ– सेतो मछिन्द्रनाथको मूर्तिको स्नान सम्पन्न भएको छ। शुक्रबार काठमाडौँको असनस्थित मछिन्द्रबहालमा मूर्तिको स्नान गरिएको हो। हरेक वर्ष पौष शुक्ल अष्टमीमा सेतो मछिन्द्रनाथको स्नान गर्ने प्रचलन रहेको छ। साथै कुमारीलाई पनि मछिन्द्रनाथको दर्शनका लागि लागिएको थियो। आजको दिन मछिन्द्रनाथको दर्शन गराउनका लागि जीवितदेवी कुमारीलाई पनि लैजान परम्परा छ। सेतो मछिन्द्रनाथलाई वर्षा र सहकालका देवता मानिन्छ। […]