प्रतिनिधि सभा सदस्यबाट राजीनामा गरेका एमाले उपाध्यक्ष भीम रावलले राजीनामा फिर्ता लिएका छन् । सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर उनले राजीनामा फिर्ता लिएका हुन् ।
राजीनामा फिर्ता लिएसँगै उनले आफूले आवेग र उत्तेजनामा आएर राजीनामा नदिएको बताएका छन् ।
‘स्वस्थ, मर्यादित र विधिसम्मत राजनीति, राष्ट्रहित र पार्टी एकताको लागि आवेग,उत्तेजनामा नआई प्रतिनिधि सभाको सदस्यबाट राजीनामा दिएको थिएँ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सार्वभौम जनता, मतदाता, राजनीतिक नेता, कार्यकर्ता, जनप्रतिनिधि, बुद्धि...