प्रधानमन्त्री शेरबहादुर देउवाले संवाद र सहमतिको माध्यमबाट संसद् सञ्चालन गरिने बताएका छन् ।
आफ्नो नेतृत्वमा ५ राजनीतिक दलको समर्थन र सहभागितामा गठन भएको सरकारले ६ महिना पूरा गरेको सन्दर्भमा शुक्रवार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले संसद्मा रहेका सबै राजनैतिक दलहरूसँग संवाद र सहमतिका माध्यमबाट संसदको गतिरोध अन्त्य गरी विचाराधीन विषयलाई निष्कर्षमा पुर्याइने बताए ।
संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रमका आधारमा सरकारले कार्य सञ्चालन गरिरहेको बताउँदै उनले सरकारमाथि १ वर्षभित्र ३ तहको निर्वाचन गर्नुपर्ने ...