बझाङ : बझाङ जिल्ला अदालतको नवनिर्मित भवनको उद्घाटन गरिएको छ। कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले बुधबार एक कार्यक्रमका बीच उक्त भवन उद्घाटन गरेका हुन्।उनले आफ्नै भवन भएपछि न्याय क्षेत्रमा नागरिकका लागि सहज वातावरण बनेको बताए। हरेक व्यक्ति न्यायको पक्षमा भइरहने हुँदा न्याय पाउने स्थान नागरिकको सहज पहुँचमा रहनुपर्ने उनले बताए।साथै सेवाग्राहीहरुलाई सन्तुष्ट पार्न सके न्यायाधीश, कर्मचारी र कानून व्यवसायी सफल हुने र अदालतप्रतिको जनविश्वास बढ्ने उनको भनाई छ।कार्यक्रममा उच्च अदालत दिपायलक