जुम्ला – जुम्लामा द्वन्द्वकालमा जलेर नष्ट भएका सुर्खेत जुम्ला उच्च अदालत र जिल्ला अदालत जुम्लाका दुई भवन उद्घाटन गरिएका छन् ।
सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले आज बुधवार भवनको उद्घाटन गर्नुभएको हो । २०५९ साल कात्तिक २८ गते द्वन््दवकालमा आक्रमण हुँदा जलेको तत्कालीन पुनरावेदन अदालत र जिल्ला अदालत जुम्लाको नवनिर्मित भवन उद्घाटन गरिएको हो ।
भवन उद्घाटन गर्दै कामु प्रधानन्यायाधीश कार्कीले जनपक्षीय न्याय थप सुदृढ गर्न सर्वोच्च अदालतले काम सुरु गरेको बताउनुभयो । मुद्दा दर्तादेखि फैस...