केन्द्रले एक महिनाभित्र कर्मचारी नपठाए आफैं भर्ती गर्न गाउँपालिका महासंघको आह्वान

१२ वैशाख, काठमाडौं । संघीय सरकारले एक महिनाभित्र स्थानीय तहमा आवश्यक कर्मचारी नखटाए स्थानीय सरकार आफैंले संविधान बमोजिम कर्मचारी व्यवस्थापन गर्ने चेतावनी गाउँपालिका महासंघले दिएको छ । कर्मचारी अभावमा गाउँपालिकाले काम गर्न नपाएको र जनप्रतिनिधि असफल बन्ने खतरा रहेको भन्दै महासंघले सरकारलाई एक महिनाको अल्टिमेटम दिएको हो । गाउँपालिका महासंघको नवनिर्वाचित नेतृत्वको …

सम्बन्धित सामग्री

रुसी सेनाको सङ्ख्या १० प्रतिशत बढाउन राष्ट्रपति पुटिनको आदेश

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले सेनाको सङ्ख्या १० प्रतिशत बढाउन आदेश दिनुभएको छ । उहाँले अर्को महिनाभित्र देशको सशस्त्र बलमा १ लाख ३७ हजार सैन्य कर्मचारी थप गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गर्नुभएको बीबीसीले जनाएको छ । अहिले रुसमा १० लाखभन्दा धेरै सैन्य कर्मचारी छन् । रुसमा सैन्य भर्ती अभियान तीव्र बनेको बेला राष्ट्रपति भ्लादिमिर पुटिनले आदेश जारी गर्नुभएको हो । रुसले युक्रेनमाथि आक्रमण सुरु गरेयता ६ महिनाको अवधिमा केही सैनिकले ज्यान गुमाएका छन् । कतिपय घाइते भएका छन् । युक्रेनले युद्धमा कडा प्रतिरोध गर्दै आएको...