प्राविधिक कारणले ‘बा’मालेका झाँक्री हुन पुगेका भुसालले फलाक्न सुरु गर्दै थिए । पछिल्तिरबाट कार्जेक्रम सञ्चालकले कानमा फुस्फुसाएर मात्रै गएका थिए । लरक्क जुल्फी हल्लाए र भुसाल झाँक्रीले भने, ‘आज सातो फुक्ने कार्जेक्रम हो । यो सातो फुक्दा कसको सातो आउँछ, कसको सातो जान्छ, मलाई मतलब हुने कुरो होइन ।’स्टेजमा सञ्चालकसहित चीनका लागि नेपालका पूर्व राजदूत टंक कार्की कालो भादगाउँले टोपीमा सजिएर बसेका थिए । टोपीको रङ, लुगा र कार्कीको रूपरङले उनी फेरी जगाउन आएका जोगी भन्दा कम देखिन्न