काठमाडौं : शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले पदबाट राजीनामा दिएकी छिन्। मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरेर पदबाट राजीनामा दिएको जानकारी झाँक्रीले गराएकी हुन्।
उनको पार्टी नेकपा (एकीकृत समाजवादी)ले जेठ २२ गते नै पदबाट हटाउने निर्णय गरेको भएपनि झाँक्रीले आइतवार राजीनामा गरिन्। आइतवार नै पर्यटनमन्त्री प्रेमबहादुर आलेले पनि पदबाट राजीनामा दिएका छन्।…