सन्दीपले सीपीएल क्रिकेटमा नाइट राइडर्सबाट खेल्ने

काठमाण्डौ – नेपालका लेग स्पिनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सीपीएल) २०२१ मा ट्रिनबागो नाइड राइडर्सबाट खेल्ने भएका छन् । सन्दीपले मङ्गलवार ट्वीट गर्दै यसबारेमा जानकारी दिएका हुन् ।  नाइर्ट राइडर्सको कप्तानी कायरन पोलार्डले सम्हाल्ने छन् । नाइड राइडर्स गएको वर्ष प्रतियोगितामा अपराजित रहँदै उपाधि जितेको थियो ।  गएको वर्ष जमैका तलावाजमा आबद्ध सन्दीपलाई अहिले त्यो क्लबबाट फुकुवा भएका हुन् । गएको वर्ष सन्दीपले जमैका तलावाजबाट खेल्दा ११ खेलमा १२ विकेट लिएका थिए ।  सीपीएल आउँदो अगस्ट १८ देख...

सम्बन्धित सामग्री

क्रिकेट संघले सन्दीपलाई तत्काल कुनै पनि छानबिन नगर्ने

राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथि लागेको नाबालिका करणी आरोपका विषयमा नेपाल क्रिकेट सङ्घ (क्यान)ले तत्काल केही छानबिन नगर्ने बताएको छ ।क्यानका अध्यक्ष चतुरबहादुर चन्दले सन्दीपलाई आरोप मात्र लागेको र अनुसन्धानकै क्रममा रहेकाले यस विषयमा क्यानले तत्काल केही नगर्ने बताए । “सन्दीपको बारेमा अहिले पुष्टि भइसकेको छैन, यो सुनियोजित पनि त हुन सक्छ, यदी सन्दीपले अनुशासन नै तोडेको हो भने त कानुनी कारबाही हुनुपर्छ”, क्यान अध्यक्ष चन्दले भने । उनले कानुनीरुपमा पुष्टि नभइञ्जेल सन्दीपलाई निलम्बन वा कुनै पनि किसिमको कारबाही नगर्ने बताए । महानगरीय प्रहरी वृत्त गौशालामा परेको जाहेरीमा स्याङ्जा आरुचौर स्थायी घर भई हाल काठमाडौँको बूढानीलकण्ठ बस्ने सन्दीपले बालिकालाई यही भदौ ५ गते काठमाडौँ र भक्तपुरका विभिन्न स्थानमा घुमाएको र सोही दिनको राति काठमाडौँको एक होटलमा ल्याएर जबर्जस्ती करणी गरेको आरोप छ ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप क्यारेबियन प्रिमियर लिग (सीपीएल) क्रिकेट खेल्नका लागि अहिले वेस्टइण्डिजको जमैकामा छन् । त्यसअघि सन्दीपसहितको नेपाली राष्ट्रिय क्रिकेट टोली केन्यासँग तीन एक दिवसीय र पाँच टि–२० अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने यही भदौ ६ गते केन्या गएका थिए ।

अब के हुन्छ सन्दीपविरुद्ध परेको जाहेरीको प्रक्रिया ?

२२ भदौ, काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने क्याराबियन पि्रमियर लिग -सीपीएल) क्रिकेट खेल्नका लागि अहिले जमैकामा छन् । मंगलबार उनीविरुद्ध प्रहरी वृत्त गौशालामा जबरजस्ती करणीको कसूरमा किटानी जाहेरी दर्ता भएको छ । १७ वर्षकी पीडित किशोरीले मंगलबार लामिछानेविरुद्ध प्रहरी वृत्त, गौशालामा दिएको किटानी जाहेरीमा आफूलाई ५ भदौको राति ११ः५५ बजे पिंगलास्थानस्थित होटल […]

सन्दीप लामिछानेले सीपीएल गुमाउने पक्का

काठमाण्डाै – नेपाली बलर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग सीपीएल क्रिकेट प्रतियोगिता गुमाउने भएका छन् । सीपीएल र नेपाली राष्ट्रिय क्रिकेट टोलीका अन्तर्राष्ट्रिय प्रतियोगिताको मिति सँगसँगै पर्न गएपछि अर्को हप्तादेखि सुरु हुने वेष्ट इन्डिजको चर्चित लिग सीपीएल सन्दीपले गुमाउने पक्का भएको हो । विश्वकप लिग–२ अन्तर्गत ओमान र अमेरिकाकासँग त्रिदेशीय श्रृङ्खला खेल्न नेपाली टोली अगष्ट अन्तिममा ओमान प्रस्थान गर्दैछ । सीपीएल पनि अगष्ट २६ तारिख देखि नै सुरु हुँदैछ । त्रिदेशीय श्रृङ्खला अघि नेपालले पपुवा न्युगिनी...

सन्दीप लामिछाने आइपीएलदेखि सीपीएलसम्म

काठमाडाैँ । युवा खेलाडी सन्दीप लामिछाने क्यारेवियन प्रिमियर लिग (सीपीएल) क्रिकेट खेल्ने पहिलो नेपाली खेलाडी बनेका छन् । इन्डियन क्रिकेट लिग (आइपीएल) मा अनुवन्धन...

सन्दिपले क्रिस गेलसँग सीपीएल खेल्ने

काठमाडौं, फागुन १८ – सन्दिप लामिछाने आफ्नो शानदार क्रिकेट करिअर जारी राख्दै आईपीएलपछि क्यारेवियन प्रिमियर लिग (सीपीएल) क्रिकेट खेल्ने पहिलो नेपा...

सीपीएल क्रिकेट प्रतियोगितामा १ सय ५० कलेजको सहभागिता

काठमाडौं, माघ २३ – नेपालय इन्टरनेशनलको आयोजनामा फागुनको १ गतेबाट देशका विभिन्न ९ स्थानमा कलेज प्रिमियर लिग क्रिकेट प्रतियोगिता हुने भएको छ ।...