राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथि लागेको नाबालिका करणी आरोपका विषयमा नेपाल क्रिकेट सङ्घ (क्यान)ले तत्काल केही छानबिन नगर्ने बताएको छ ।क्यानका अध्यक्ष चतुरबहादुर चन्दले सन्दीपलाई आरोप मात्र लागेको र अनुसन्धानकै क्रममा रहेकाले यस विषयमा क्यानले तत्काल केही नगर्ने बताए । “सन्दीपको बारेमा अहिले पुष्टि भइसकेको छैन, यो सुनियोजित पनि त हुन सक्छ, यदी सन्दीपले अनुशासन नै तोडेको हो भने त कानुनी कारबाही हुनुपर्छ”, क्यान अध्यक्ष चन्दले भने ।
उनले कानुनीरुपमा पुष्टि नभइञ्जेल सन्दीपलाई निलम्बन वा कुनै पनि किसिमको कारबाही नगर्ने बताए । महानगरीय प्रहरी वृत्त गौशालामा परेको जाहेरीमा स्याङ्जा आरुचौर स्थायी घर भई हाल काठमाडौँको बूढानीलकण्ठ बस्ने सन्दीपले बालिकालाई यही भदौ ५ गते काठमाडौँ र भक्तपुरका विभिन्न स्थानमा घुमाएको र सोही दिनको राति काठमाडौँको एक होटलमा ल्याएर जबर्जस्ती करणी गरेको आरोप छ ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप क्यारेबियन प्रिमियर लिग (सीपीएल) क्रिकेट खेल्नका लागि अहिले वेस्टइण्डिजको जमैकामा छन् । त्यसअघि सन्दीपसहितको नेपाली राष्ट्रिय क्रिकेट टोली केन्यासँग तीन एक दिवसीय र पाँच टि–२० अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने यही भदौ ६ गते केन्या गएका थिए ।
२२ भदौ, काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने क्याराबियन पि्रमियर लिग -सीपीएल) क्रिकेट खेल्नका लागि अहिले जमैकामा छन् । मंगलबार उनीविरुद्ध प्रहरी वृत्त गौशालामा जबरजस्ती करणीको कसूरमा किटानी जाहेरी दर्ता भएको छ । १७ वर्षकी पीडित किशोरीले मंगलबार लामिछानेविरुद्ध प्रहरी वृत्त, गौशालामा दिएको किटानी जाहेरीमा आफूलाई ५ भदौको राति ११ः५५ बजे पिंगलास्थानस्थित होटल […]
काठमाण्डाै – नेपाली बलर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग सीपीएल क्रिकेट प्रतियोगिता गुमाउने भएका छन् । सीपीएल र नेपाली राष्ट्रिय क्रिकेट टोलीका अन्तर्राष्ट्रिय प्रतियोगिताको मिति सँगसँगै पर्न गएपछि अर्को हप्तादेखि सुरु हुने वेष्ट इन्डिजको चर्चित लिग सीपीएल सन्दीपले गुमाउने पक्का भएको हो ।
विश्वकप लिग–२ अन्तर्गत ओमान र अमेरिकाकासँग त्रिदेशीय श्रृङ्खला खेल्न नेपाली टोली अगष्ट अन्तिममा ओमान प्रस्थान गर्दैछ । सीपीएल पनि अगष्ट २६ तारिख देखि नै सुरु हुँदैछ । त्रिदेशीय श्रृङ्खला अघि नेपालले पपुवा न्युगिनी...
काठमाडाैँ । युवा खेलाडी सन्दीप लामिछाने क्यारेवियन प्रिमियर लिग (सीपीएल) क्रिकेट खेल्ने पहिलो नेपाली खेलाडी बनेका छन् । इन्डियन क्रिकेट लिग (आइपीएल) मा अनुवन्धन...