एक टेलिभिजनकी चर्चित समाचार वाचिकाको बिहे भएको ६ वर्ष भयो । सन्तानको चाहना गर्दागर्दै पनि उनको गर्भ रहन सकेको छैन । बाहिरबाट हेर्दा जीवनशैली लोभलाग्दो छ, तर जब एक्लै हुन्छिन् उनी असाध्यै दुःखी छन् । सन्तान नहुँदा पतिकै माया कम हुने हो कि ? घरमा सासू ससुराले हेला गर्ने हुन् कि भन्ने चिन्ताले सताइरहन्छ । आफन्त साथीभाइले खुसीको खबर कहिले सुनाउने हो ? भनेर हाँसो मजाक गरिरहँदा उनलाई भक्कानो फुटेर आउँछ । यो पिडाले उनको हरेक खुसीहरू ओझेलमा परेका छन् । सन्तानका प्राप्तिको भएको हरेक प्रयास खेर गइरहँदा उन