काठमाडौँ। पररराष्ट्रमन्त्री डा. नारायण खड्काले प्रधानमन्त्री शेरबहादुर देउवा भारतको सत्तारुढ दल भारतीय जनता पार्टीको कार्यालयमा जानु कूटनीतिक मर्यादा विपरीत नरहेको दाबी गरेका छन् । उनले काँग्रेस पार्टीको सभापतिको हिसाबले देउवा भाजपा कार्यालय गएको बताए । भारतबाट फर्केपछि विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री डा. खड्काले भने, ‘यो (भाजपा कार्यालय भ्रमण) कूटनीतिक मर्यादाभित्र नरहेको भन्ने कुरा ठिक […]