प्रधानमन्त्रीका रुपमा नभई काँग्रेस सभापतिका रुपमा भाजपा कार्यालय जानुभएको होः परराष्ट्रमन्त्री खड्का

काठमाडौं, २० चैत्र । प्रधानमन्त्री शेरबहादुर देउवा नेपाली काँग्रेसको सभापति समेत भएकाले भारतीय जनता पार्टीको कार्यालयमा गएको परराष्ट्रमन्त्री डा. नारायण खड्काले बताएका छन् । आज स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्दै मन्त्री खड्काले देउवा प्रधानमन्त्रीका रुपमा नभई काँग्रेस सभापतिका रुपमा भाजपा कार्यालय गएको बताए । ‘नेपाली काँग्रेसको सभापति भएको नाताले भाजपा कार्यालय जानुभएको […]

सम्बन्धित सामग्री

जनताको अकाङ्क्षा काँग्रेसले पूरा गर्छ : परराष्ट्रमन्त्री खड्का

परराष्ट्रमन्त्री डा नारायण खड्काले जनताको अकाङ्क्षा नेपाली काँग्रेस पार्टीले मात्र पूरा गर्नसक्ने दाबी गरेका छन् । काँग्रेस सुनसरी बराहक्षेत्र नगरपालिका–१ ले आज चतरामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा मन्त्री खड्काले भने, “अब जनताको अकाङ्क्षा पूरा गर्नका लागि काँग्रेस आवश्यक छ ।” केन्द्रमा जुन गुट भए पनि त्यसको छायाँ पर्न दिन नहुनेमा जोड दिँदै उहाँले विभाजित भयो भने आउने निर्वाचनमा काँग्रेसले हारको सामना गर्नुपर्नेतर्फ सचेत गराए ।आउने निर्वाचनमा काँग्रेस जिते मात्र देश र ज

परराष्ट्रमन्त्रीमा डा. खड्का नियुक्त

काठमाडौँ । परराष्ट्रमन्त्रीमा काँग्रेस नेता डा.नारायण खड्का नियुक्त भएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले केही बेरअघि उनलाई परराष्ट्रमन्त्रीमा नियुक्त गरेका हुन्। केही बेरमै खड्काको राष्ट्रपति कार्यालयमा शपथ कार्यक्रम हुनेछ। परराष्ट्रमन्त्री खड्का आजै अमेरिकाको न्युयोर्क जाने तयारीमा छन्। सत्तारुढ गठबन्धनको हिजो(मंगलवार) को बैठकले खड्कालाई परराष्ट्रमन्त्री बनाउने सहमति गरेको थियो।