आयोगलाई प्रचण्ड-नेपाल पक्षको पत्र– 'अहिले उपस्थित हुन सकेनौं, १८ गतेपछिलाई बोलाइयोस्'

निर्वाचन आयोगले बोलाएको छलफलमा नेकपाको प्रचण्ड–नेपाल पक्ष सहभागी नहुने भएको छ । अध्यक्षद्वय पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपाल उपत्यकाबाहिर रहेकाले प्रतिनिधि चयन हुन नसकेको तथा अध्यक्ष स्वयं पनि छलफलमा सहभागी हुन चाहेकाले १८ गतेभन्दा पछिको मिति तय गरी बोलाउन प्रचण्ड-नेपाल पक्षले आयोगलाई पत्रमार्फत आग्रह गरेको छ । पत्र बोकेर स्थायी कमिटी सदस्य लीलामणि पोखरेल र नेता राजेन्द्र पाण्डे निर्वाचन आयोग पुगेका थिए । केपी शर्मा ओली पक्षबाट पूर्व सभामुख सुवास नेम्वाङ लगायतका नेता आयोग पुगेका छन् । ...

सम्बन्धित सामग्री

शेखर पक्षको बैठक जारी

काठमाडौँ । नेपाली काँग्रेस शेखर पक्षले खबरदारीका भाबी कार्यक्रम गर्न बैठक बसिरहेको छ । पार्टी भित्र समान न्याय र अवसरको माग गर्दै संस्थापन पक्षको विरोधमा उत्रिएको शेखर पक्षका दोस्रो तहका नेताहरुको बैठक ठमेलस्थित एक होटलमा बसिरहेको छ । बैठकमा केन्दीय सदस्यहरु प्रतीमा गौतम, मधु आचार्य, अजयबाबु शिवाकोटी, प्रकाश स्नेही उपस्थित छन् । बैठकमा खबरदारीको अगुवाई […]

तस्बिरमा हेर्नुहोस् बाबुराम पक्षको बैठक

जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कमिटी बैठक सुरु भएको छ । पार्टीको संघीय परिषदका अध्यक्ष बाबुराम भट्टराई पक्षको बैठक भक्तपुरको जडिबुटीमा सुरु भएको हो । बैठकमा उपेन्द्र यादव पक्षबाट महेन्द्र राय यादवले मात्र उपस्थित रहेका छन् । बाबुरामलाई साथ दिने भनिएको कार्यकारिणी सदस्य राजकिशोर यादव, रामनरेश राय यादव, अमृता अग्रहरी, रामबाबु यादवलगायतका कुनै पनि नेता बैठकमा उपस्थित छैनन् ।

एमाले नेपाल पक्षको केन्द्रीय कमिटी जारी, ७० सदस्य उपस्थित

काठमाडौँ- नेकपा एमालेको माधव नेपाल पक्षले बोलाएको केन्द्रीय कमिटी बैठक जारी छ । बुद्धनगरस्थित एक पार्टी प्यालेसमा जारी बैठकमा ७० जना केन्द्रीय सदस्य उपस्थित छन्। बैठकमा १५ जना केन्द्रीय सदस्यले नेतृत्वलाई लिखित जवाफ पठाएका छन्। नेपाल समूहले पार्टी एकता, अध्यक्ष केपी ओली पक्षले पछिल्लो समय गरिरहेका विभिन्न निर्णय तथा सरकारमा सहभागिताबारे छलफल गर्न केन्द्रीय कमिटी […]

माधव नेपाल पक्षको बैठकमा ७० जना केन्द्रीय सदस्य उपस्थित, १५ जनाको लिखित सुझाव

पार्टी विवाद उत्कर्षमा पुगेका बेला भावी रणनीति बनाउन नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको केन्द्रीय समितिको बैठक बसिरहेको छ ।  काठमाडौंको नयाँ बानेश्वर, बृद्धनगरस्थित क्वालिटी पार्टी प्यालेसमा जारी बैठकमा नेपाल पक्षका ७० जना केन्द्रीय सदस्यको सहभागिता रहेको नेता नेपालको सचिवालयले जनाएको छ ।  बैठकमा एमाले सचिव योगेश भट्टराई र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे उपस्थित छैनन् । १५ जना केन्द्रीय सदस्यहरूले लिखित सुझाव पठाएको एक केन्द्रीय सदस्यले बताए ।  केन्द्रीय सदस्यहरूको सुझावका आधारमा केपी...

जसपा ठाकुर-महतो पक्षको कार्यकारिणी बैठक बस्दै

काठमाडौं । जनता समाजवादी पार्टीको महन्थ ठाकुर र राजेन्द्र महतो पक्षले कार्यकारिणी समिति बैठक बोलाएको छ । महन्थ पक्षले पार्टी कार्यालय बबरमहलमा आज अपराह्न ५ बजेका लागि बैठक बोलाएको जसपा ठाकुर पक्षका नेताहरुले बताएका छन् । पार्टीभित्रको विवादबारे निर्णय गर्न निर्वाचन आयोगले सबै कार्यकारिणी सदस्यलाई उपस्थित हुन भनेसँगै सो पक्षको बैठक बस्न लागेको हो। निर्वाचन […]

रेशम चौधरीलाई निर्वाचन आयोगमा उपस्थित गराउन ठाकुर पक्षको माग

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर पक्षका अधिवक्ताहरूले जेलमा रहेका पार्टीका कार्यकारिणी सदस्य रेशम चौधरीलाई निर्वाचन आयोगमा उपस्थित गराउन माग गरेका छन् ।  आयोगमा बहसको क्रममा ठाकुर पक्षका अधिवक्ताहरूले प्रमाणका आधारमा निर्णयहरु गर्न सकिने भन्दै त्यसबाहेक अरु कुनै विकल्पमा जान हुने धारणा राखे । उनीहरुले यदि कार्यकारिणी समितिका सदस्यहरुलाई आयोगमा सनाखत गराउने हो भने जेलमा रहेका रेशम चौधरीलाई पनि उपस्थित गराउनुपर्ने माग राखे ।यसअघि चौधरीलाई राज्यले नै थुनाबाट निकालेर सिंहदरबारमा

उपेन्द्र पक्षको कार्यकारिणी बैठक गोप्य स्थानमा,  ३१ सदस्य उपस्थित भएको दावी

जनता समाजवादी पार्टीको कार्यकारिणी बैठक जारी छ। जसपाका अध्यक्ष उपेन्द्र यादवले बोलाएको कार्यकारिणी बैठकमा ३१ सदस्य उपस्थित रहेको कार्यकारिणी सदस्य इस्तियाक राईले बताए।  ‘अहिले अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गर्नु भएको राजनीतिक प्रतिवेदनमाथि छलफल जारी छ,’ राईले लोकान्तरसँग भने,‘संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई, वरिष्ठ नेता अशोक राई र राजेन्द्र श्रेष्ठले प्रतिवेदनमाथि छलफल गरिसक्नु भएको छ।’ बैठक कुन स्थानमा भइरहेको भन्ने प्रश्नमा स्थान बताउन नमिल्ने उनले बताए।  यता जसपाका अध्यक्ष म...

नेपाल पक्षको छलफलः २१ जना सांसद उपस्थित

काठमाडौं। माधव नेपाल पक्षको सिंहदरवारमा सुरु भएको बैठकमा २१ जना सांसद उपस्थित रहेको बताईएको छ। उपस्थित सांसदमा अधिकांश प्रत्यक्ष निर्वाचित सांसद रहेको बताइएको छ। सांसद जयकुमार राईले छलफल सुरु भएको र राजीनामा दिने सम्बन्धमा निर्णय नभइसकेको बताए। छलफलले नै आवश्यक निष्कर्ष दिने उनले बताए। अझै पनि सहमतिको प्रयास जारी रहेको राईको भनाई थियो ।

ओली पक्षको संसदीय दलको बैठकमा ११५ जना सांसद उपस्थित

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली पक्षको नेकपा संसदीय दलको बैठकमा १ सय १५ जना सांसद उपस्थित भएका छन । शनिबार दिउँसो बालुवाटारमा बसेको दलको बैठकमा १ सय १५ जना सांसद उपस्थित भएका स्रोतले जनाएको छ । बैठकमा उत्साहजनक रुपमा सांसदहरुको उपस्थिति रहेको बताइएको छ । बैठकमा ९१ जना प्रतिनिधिसभाका र २४ जना राष्ट्रियसभाका गरी... The post ओली पक्षको संसदीय दलको बैठकमा ११५ जना सांसद उपस्थित appeared first on Purbeli News.

ओली पक्षको संसदीय दलको बैठक सकियो - एक सय १५ जना उपस्थित भएको दाबी

काठमाण्डौ – नेपाल कम्युनिष्ट पार्टी नेकपाको ओली पक्षीय संसदीय दलको बैठक सम्पन्न भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा एक सय १५ जना सांसद उपस्थित रहेको नेता सुवास नेम्वाङले दाबी गर्नुभयो । केही सांसद काठमाण्डौ बाहिर रहेकाले आफूहरुको पक्षमा रहने सांसदको संख्या अझै बढ्ने नेम्वाङले उज्यालोसँग भन्नुभयो ।आजको बैठकमा ओली समूहले आफ्नो पक्षमा रहेका भन्दै दाबी गर्ने वामदेव गौतम, तुलसा थापा र लालबाबु पण्डित भने उपस्थित हुनभएन ।प्रचण्ड–नेपाल समूहले पनि आफ्नो पक्षमा एक सय १० जना सांसद रहेको दाबी गर्दै आए...