काठमाण्डौ – नेपाल कम्युनिष्ट पार्टी नेकपाको ओली पक्षीय संसदीय दलको बैठक सम्पन्न भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा एक सय १५ जना सांसद उपस्थित रहेको नेता सुवास नेम्वाङले दाबी गर्नुभयो । केही सांसद काठमाण्डौ बाहिर रहेकाले आफूहरुको पक्षमा रहने सांसदको संख्या अझै बढ्ने नेम्वाङले उज्यालोसँग भन्नुभयो ।आजको बैठकमा ओली समूहले आफ्नो पक्षमा रहेका भन्दै दाबी गर्ने वामदेव गौतम, तुलसा थापा र लालबाबु पण्डित भने उपस्थित हुनभएन ।प्रचण्ड–नेपाल समूहले पनि आफ्नो पक्षमा एक सय १० जना सांसद रहेको दाबी गर्दै आए...