'स्टार्टअप र उद्यमशीलता केही महिनामैं शुरू हुन्छ, निजी क्षेत्रको सहभागितामा हजारौं उद्यमशीलतालाई प्रोत्साहन गर्छौं'

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले निजी क्षेत्रसमेतको सहभागितामा हजारौं उद्यमशीलतालाई एकसाथ प्रोत्साहन गरिने बताउनुभएको छ ।  बुधवार बसेको संघीय संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भन्नुभयो, 'अहिले सुन्दा अविश्वसनीय लाग्ला तर निजी क्षेत्रसमेतको सहभागितामा हजारौं उद्यमशीलतालाई एकसाथ प्रोत्साहन गरिनेछ ।' उहाँले हजारौं नयाँ स्टार्टअप र उद्यमशीलता केही महिनामैं शुरू हुने सम्मानित संसदलाई विश्वास दिलाउँन चाहेको बताउनुभयो । 'आत्मनिर्भरताको व्यवस्थित प्रयास हुनेछ । म सरकारलाई तथ्यांक केन्द्रित गर्नेछु । देशमा महामारीका रुपमा फैलिएको पलायन र निराशा रोक्नेछु । सुशासनमा अहिलेसम्म भएका प्रयासले लोकतन्त्रप्रति जनताको आस्था पुन: स्थापित गरेका छन् । तिनमा गुणात्मक परिवर्तन ल्याइनेछ,' उहाँले थप भन्नुभयो, 'सार्वजनिक सेवा प्रवाह र सुशासनबाट नागरिकमा राज्यप्रति भरोसा जगाइनेछ । सुस्त कर्जा प्रवाह, मध्मवर्गीय उपभोगमा आएको गिरावट र पूँजीगत खर्चको न्यूनता अन्त्य गर्न नीतिगत सुधार गरिनेछ ।'  सत्ता समीकरण फेरिएपछि आज बसेको संघीय संसदको बैठकबाट प्रधानमन्त्रीले विश्‍वासको मत लिँदै हुनुहुन्छ । सोही बैठकमा बोल्दै दाहालले संविधानको भावनाविपरितका थरिथरिका विचलन रोक्न आफू संसदसँग विश्वासको माग्न आएको बताउनुभयो । उहाँले अर्थतन्त्रमा व्यावसायिक वातावरण सुधार गर्न, राजनीतिक अस्थिरताले सिर्जना गरेको सामाजिक अराजकता, आक्रोश र नकारात्मक सोचमा परिवर्तन ल्याउन पनि सरकारले विश्वासको मत पाउन जरुरी रहेको दाबी गर्नुभयो । 

सम्बन्धित सामग्री

उद्यमशीलता विकासमा नबिल बैंकको योगदान

काठमाडौँ : नबिल बैंक लिमिटेडको सामाजिक उद्यमशीलता विकास कार्यक्रमले उद्यमशीलता बढाएको सरोकारवालाले बताएका छन्। सामाजिक उद्यमशीलता विकासका लागि नबिल बैंक लिमिटेडले सुरु गरेको ‘नबिल एसएसई’ कार्यक्रमले दोस्रो वार्षिकोत्सव मनाएको छ।त्रिभुवन विश्वविद्यालयको स्कुल अफ म्यानेजमेन्टसहित आठ विभिन्न विद्यालयमार्फत उक्त कार्यक्रम देशभर सञ्चालन गरिएको छ। दुई वर्षको अवधिमा ३३५ जना विद्यार्थी यो कार्यक्रममा सहभागी भएको नबिल बैंकले जनाएको छ। तीमध्येबाट ५२ वटा उद्यम शुरु हुँदा ८६९ जनाले रोजगारी पाएका

युवा उद्यमशीलता शिखर सम्मेलन आयोजना हुँदै

युवा उद्यमीलाई प्रोत्साहन गर्दै युवा उद्यमशीलता शिखर सम्मेलन आयोजना हुने भएको छ।

युनाइटेड कलेज ग्रुपले खोल्यो उद्यमशीलता केन्द्र

युनाइटेड कलेज ग्रुपले उद्यमशीलता, नवप्रवर्तन र इन्क्युबेसन केन्द्र (यूसीईआईई)को स्थापना गरेको छ ।

उद्यमशीलता विकास कार्यक्रमको प्रमाणपत्र हस्तान्तरण

कामना सेवा विकास बैंकद्वारा अन्तर प्रेरणासँगको सहकार्यमा उद्यमशीलता विकास र प्रवर्द्धनको उद्देश्यका साथ उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गरेको छ।...

तेस्रो अन्तर्राष्ट्रिय युवा उद्यमशीलता सम्मेलन काठमाडौंमा सुरु

युवा उद्यमशीलता प्रवद्र्धन गर्ने, नेपाल र भारतका ‘स्टार्टअप’को अनुभव आदानप्रदान गर्ने उद्देश्यले आयोजित तेस्रो अन्तर्राष्ट्रिय उद्यमशीलता सम्मेलन राजधानीमा शुरु भएको छ । सम्मेलनको आज सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले संयुक्तरुपमा उद्घाटन गरे ।  सो अवसरमा सञ्चार मन्त्री कार्कीले...

तेस्रो अन्तर्राष्ट्रिय उद्यमशीलता सम्मेलन बुधबार

काठमाडौं, ७ चैत्र । युवा उद्यमशीलता प्रवद्र्धन गर्ने उद्देश्यले ‘कनेक्ट इन’को तेस्रो संस्करणअन्तर्गत तेस्रो अन्तर्राष्ट्रिय उद्यमशीलता सम्मेलन यही बुधबार आयोजना गरिने भएको छ । क्लक वि विजनेस इनोभेशन्स् र काठमाडौँस्थित भारतीय दूतावासको सहकार्यमा यही चैत ९ गते सम्मेलनको आयोजना गर्न लागिएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । सम्मेलनमा ३०० भन्दा बढी नेपाली तथा […]

तेस्रो अन्तर्राष्ट्रिय उद्यमशीलता सम्मेलन बुधबार

युवा उद्यमशीलता प्रवद्र्धन गर्ने उद्देश्यले ‘कनेक्ट इन’को तेस्रो संस्करणअन्तर्गत तेस्रो अन्तर्राष्ट्रिय उद्यमशीलता सम्मेलन यही बुधबार आयोजना गरिने भएको छ । क्लक वि विजनेस इनोभेशन्स् र काठमाडौंस्थित भारतीय दूतावासको सहकार्यमा यही चैत ९ गते सम्मेलनको आयोजना गर्न लागिएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । सम्मेलनमा ३०० भन्दा बढी नेपाली तथा भारतीय स्टार्टअप, उद्यमी, लगानीकर्ता, विज्ञ, उच्चपदस्थ नेपाली तथा भारतीय अधिकारीको सहभागिता हुनेछ । सम्मेलनमा १५ बढी नेपाली र भारत

कामना सेवाको उद्यमशीलता विकास कार्यक्रम सम्पन्न

कामना सेवा विकास बैंक तथा अन्तरप्रेरणाको सहकार्यमा उद्यमशीलता विकास र प्रवर्द्धनका लागि सञ्चालन गरिएको उद्यमशीलता विकास कार्यक्रम सम्पन्न भएको छ।...

उद्यमशीलता विकास गर्न स्वरोजगार

मुलुकमा बेरोजगारी समस्या बढिरहेका बेला उद्यमशीलता विकास गर्दै रोजगारी सृजना गर्नका लागि युवा तथा साना व्यवसायी स्वरोजगार कोष सचिवालय र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिईभिटी)ले सहकार्य गर्ने भएका छन्।...

नबिलको सामाजिक उद्यमशीलता कार्यक्रम सुरु

नबिल बैंकले सामाजिक उद्यमशीलता विकासका लागि ‘नबिल सामाजिक उद्यमशीलता’ कार्यक्रम सुरु गरेको छ । बैंकले उद्यमशीलताको माध्यमबाट सामाजिक समस्याको दीर्घकालीन समाधान गर्ने सोचमा आधारित उद्यमलाई प्रवद्र्धन गर्न कार्यक्रम सुरु गरेको हो ।...