अदानी समूहलाई दोस्रो ठूलो झट्का, १५ दिनमा दोस्रो सम्झौता असफल

काठमाडौं । भारतीय व्यापारी गौतम अदानीको व्यापारिक समूह अदानी समूहलाई अर्को ठूलो झट्का लागेको छ । बुधवार ऊर्जा क्षेत्रको कम्पनी डीबी पावरलाई ७ हजार १७ करोड रुपैयाँमा खरिद गर्ने उसको प्रयास असफल भएको छ ।  अंग्रेजी पत्रिका टाइम्स अफ इन्डियामा प्रकाशित समाचारका अनुसार अदानी समूहको कम्पनी अदानी पावरले गत वर्ष अगस्ट १८ मा यो कम्पनी खरीदसँग सम्बन्धित कागजातमा हस्ताक्षर गरेको थियो । अदानी र डीबी पावर बीचको सम्झौता सेप्टेम्बर २९ मा भारतीय प्रतिस्पर्धा नियामकले अनुमोदन गरेको थियो र अदानी समूहले गएको वर्ष अक्टोबर ३१ सम्म पैसा तिर्नुपर्ने थियो । भुक्तानीको म्याद चार पटक थपियो । अन्तिम म्याद फेब्रुअरी १५ अर्थात् हिजोसम्म थियो । तर, बुधवार समेत सो भुक्तानी हुन नसकेपछि सम्झौता तुहिएको छ । अदानी समूहले सम्झौता पूरा नभएको जानकारी स्टक एक्सचेन्जलाई दिएको छ । डीबी पावरसँग छत्तीसगढको जांजगिर चापामा १ हजार २०० मेवाको कोइलाबाट चल्ने ऊर्जा केन्द्र थियो । डीबी पावर किन्न नपाउनु अदानी समूहका लागि ठूलो धक्का हो । कम्पनी किन्न सकेको भए भारतीय ऊर्जा क्षेत्रमा सबैभन्दा ठूलो निजी थर्मल पावर उत्पादकको रूपमा अदानी पावर बलियो बन्ने थियो ।  ऊर्जा क्षेत्रमा यो अदानी समूहको दोस्रो ठूलो डिल थियो । सन् २०२१ मा समूहले एसबी इनर्जी इन्डियालाई २ खर्ब ६० अर्ब भारतीय रुपयामा किनेको थियो । यसले कर्जै कर्जामा चुर्लुम्म डुबेको अदानी समूहले वित्तीय व्यवस्थापन गर्न नसकेको अवस्थामा पुगेको संकेत गरेको छ ।  अदानी पावरसँग भारतका पाँच राज्यमा कुल १३ दशमलव ६ गिगावाट क्षमताका थर्मल पावर प्लान्ट र ४० मेगावाटको सोलार प्लान्ट छन् ।  तर, यो कम्पनीको ऋण २०२२ को सेप्टेम्बर ३० सम्म ३ खर्ब ६० अर्ब ३१ करोड रुपया छ ।  अमेरिकी शर्ट सेलिङ कम्पनी हिन्डनबर्ग रिसर्चका प्रतिवेदन सार्वजनिक भएपछि अदानी समूहले असफलता हात पारेको यो दोस्रो पटक हो । यसअघि समूहले २ खर्ब रुपयाको एफपीओ फिर्ता गर्नु परेको थियो । कम्पनी विस्तारै आफ्नो बिग्रिएको आर्थिक अवस्था सम्हाल्ने प्रयासमा छ । तर, लगानीकर्तातर्फका चुनौती पनि मत्थर हुने कुनै संकेत छैन ।  ब्लुमबर्गमा छापिएको समाचार अनुसार अदानी समूहले निश्चित आयका लगानीकर्ताहरूसँग कुराकानी गर्न बैंकहरूलाई नियुक्त गरेको छ । यसमा बार्कलेज बैंक, बीएनपी परिवास एसए, डीबीएस बैंक, डच बैंक एजी, एमिरेट्स एनबीडी क्यापिटल, आईएनजी ग्रुप एनभी, एमयूएफजी, मिजुहो, एसएमबीसी निक्को र स्ट्यान्डर्ड चार्टर्ड बैंक छन् । कुराकानीका क्रममा यी बैंकले लगानीकर्ताहरूका के-कस्ता शंका र जिज्ञासा समाधान गर्छन् भन्ने स्पष्ट भएको छैन ।  अदानी समूहमा विश्वका थोरैमा पनि २०० वित्तीय संस्थाले लगानी गरेका छन् । यस समूहसँग विश्वको सबैभन्दा ठूलो सम्पत्ति प्रबन्धक ब्ल्याक रक पनि छ । ब्ल्याकरकले डलरमा आधारित ऋणपत्रमार्फत ८ अर्ब डलर लगानी गरेको छ । एजेन्सी 

सम्बन्धित सामग्री

फोनपे र जिएलएन इन्टरनेसनलबीच सम्झौता

फोनपे नेपालको सबैभन्दा ठूलो भुक्तानी सञ्चालक र जिएलएन इन्टरनेसनल कोरियाको विश्वव्यापी भुक्तानी नेटवर्क कम्पनी बीच व्यावसायिक सम्झौता भएको छ।...

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र मलेसियाको सनवे अस्पतालबिच सम्झौता

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र मलेसियाको सबैभन्दा ठूलो निजी अस्पतालबिच सम्झौता भएको छ ।एक कार्यक्रमका बिच प्रतिष्ठान जुम्ला र मलेसियाको सबैभन्दा ठूलो निजी तथा आधुनिक अस्पताल सनवे मेडिकल सेन्टर बिच मंगलबार महत्त्वपूर्ण सम्झौता भएको हो।...

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र मलेसियाको सनवे अस्पतालबिच सम्झौता

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र मलेसियाको सबैभन्दा ठूलो निजी अस्पतालबिच सम्झौता भएको छ ।एक कार्यक्रमका बिच प्रतिष्ठान जुम्ला र मलेसियाको सबैभन्दा ठूलो निजी तथा आधुनिक अस्पताल सनवे मेडिकल सेन्टर बिच मंगलबार महत्त्वपूर्ण सम्झौता भएको हो।...

प्रचण्डलाई चीनमा ठूलो सम्मान, साना सम्झौता

अमेरिका हुँदै चीन भ्रमणमा आएका प्रधानमन्त्री प्रचण्डले ठूलो सम्मान पाए, तर दूरगामी महत्वका ठूला परियोजनातिर नलागी साना सम्झौतामै चित्त बुझाए ।

मेरो लागि सरकार ठूलो कुरा हैन, झुकिँदैन: प्रचण्ड

'सरकार मेरा लागि ठूलो कुरा होइन । ठूलो कुरा सुशासन हो, जनताको सेवा गर्नु हो,' उनले भने, 'भ्रष्टाचार निर्मूल पार्न सरकार दृढतापूर्वक अगाडि बढ्छ, कहीँ सम्झौता हुँदैन,  झुकिँदैन ।'

क्रिकएचक्युसँग क्यानको सम्झौता

नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेटको डिजिटल प्लेटफर्म कम्पनी क्रिकएचक्युसँग सम्झौता गरेको छ । न्युजिल्यान्डको कम्पनी क्रिकएचक्युसँग क्यानले तीन वर्षको सम्झौता गरिएको शनिबार एक विज्ञप्ति निकाल्दै जानकारी दिएको हो ।क्रिकएचक्यु क्रिकेटको लागि विश्वको सबैभन्दा ठूलो डिजिटल प्लेटफर्म मानिन्छ । क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लद्वारा हस्ताक्षरित विज्ञप्तिमा क्रिकएचक्युसँगको साझेदारीले क्रिकेटका डिजिटलाइजेसन र लाइभ स्कोरिङ र स्ट्रिमिङ लगायत कुरामा सहयोग पुग्ने बताइएको छ ।सचिव मल्लले क्यानको

क्यान र क्रिक एचक्युबीच तीन वर्षको लागि सम्झौता

४ भदौ, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेटमा विश्वकै ठूलो डिजिटल प्लेटफर्म कम्पनी क्रिक एचक्युसँग सम्झौता गरेको छ । क्यानले शनिबार एक विज्ञप्ति निकाल्दै न्युजिल्याण्डको कम्पनी क्रिक एचक्युसँग तीन वर्षको सम्झौता गरिएको जनाएको छ । क्यानले विश्वको सबैभन्दा ठूलो डिजिटल प्लेटफर्म  क्रिक एचक्युसँगको साझेदारीले सबै तहका क्रिकेटका डिजिटलाइजेसन, लाइभ स्कोरिङ र स्ट्रिमिङलगायत प्राविधिक […]

बाँसबारी क्लब र सिद्धार्थ बैंकबीच सम्झौता

सहिद स्मारक बी डिभिजन लिग खेलिरहेको बाँसबारी क्लबले सह–प्रयोजकको रुपमा सिद्धार्थ बैंकसँग बुधबार सम्झौता गरेको छ । काठमाडौं महानगरपालिका ३ स्थित क्लबको कार्यालयमा आयोजित कार्यक्रममा क्लबका अध्यक्ष प्रेम थापा र सिद्धार्थ बैंकका सहायक महाप्रबन्धक (एजीएम) प्रदीप पन्तले प्रायोजन सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो । चार लाख रुपियाको प्रायोजन सम्झौता एक वर्षको रहेको छ ।बाँसबारीका अध्यक्ष थापाले भन्नुभयो, ‘देशकै ठूलो सिद्धार्थ बैंकसँग प्रायोजन सम्झौता गर्न पाउँदा बाँसबारी क्लब र बाँसबारी टोलब

माइतीघरदेखि बानेश्वरसम्म ठूलो संख्यामा प्रहरी तैनाथ

बिभिन्न राजनीतिक दलका कार्यकर्ताले अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) विरुद्ध प्रदर्शन गर्ने भएपछि सरकारले काठमाडौंको माइतीघरदेखि वानेश्वरसम्मको सडकमा ठूलो संख्यामा प्रहरी तैनाथ गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा एमसीसी सम्झौता अनुमोदन गर्ने विषयमा छलफल हुने भएपछि बिभिन्न दलले विरोधको कार्यक्रमहरु राखेका छन् ।  विरोध कार्यक्रम बानेश्वरस्थित संसद भवन वरपर केन्द्रित गरेपछि ती स्थानमा ठूलो संख्यामा प्रहरी खटाइएको हो । एमसीसीलाई लिएर सत्तारुढ दलहरुबीच मतभेद र

चिरायु अस्पताल र औषधि व्यवसायी संघबीच सम्झौता

चिरायु नेशनल हस्पिटल र नेपाल औषधि व्यवसायी संघबीच सहुलियत प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । हस्पिटल र व्यवसायीबीच विभिन्न औषधिमा छुट दिनुको साथै उपचारमा सहुलियत प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो ।नेपाल औषधि व्यवसायी संघका अध्यक्ष मृगेन्द्र मेहेर श्रेष्ठले ४७ वर्षदेखि देशभर औषधि उपलब्ध गराउँदै आएको बताए । “संघले औषधिसँग सम्बन्धित नीति नियम निर्माणमा ठूलो […]