बैतडी : बैतडीको सुर्नया गाउँपालिका र पाटन नगरपालिकाका युवाहरुले आकस्मिक एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएका छन्। कोरोना भाइरसका बिरामी र अन्य बिरामीहरुलाई महामारीको समयमा अस्पताल पुर्याउन सहज होस् भनेर आकस्मिक एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइएको जनाएका छन्। सुर्नयामा पातालभूमेश्वर युवा जागरण मञ्च (प्रवास) र नेचुरल अर्गनाइजेसन बैतडीले संयुक्त रूपमा आकस्मिक एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएका हुन्।गाउँपालिकामा एम्बुलेन्स नहुँदा गाउँपालिकाबासीहरुलाई समस्या भएकाले महामारीको समयमा बिरामीहर