पोखरा । गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेशसभाको बहुमतले पारित भएको छ ।
गण्डकीमा शनिबार मात्रै नेपाली कांग्रेसको नेतृत्वमा संयुक्त गठबन्धनको सरकार बनेको छ । सोही सरकारले सोमबार प्रदेशसभामा प्रस्तुत गरेको आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम मंगलबार बिहान छलफल गरी पारित गरिएको हो ।
छलफलमा बोल्ने प्रतिपक्ष दलका सांसदहरुले...