काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर ३ सय ८ जना कोरोना संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ९ सय ९ जनामा गरिएको परीक्षणमा ३ सय ८ जना संक्रमित भेटिएका हुन्। यस्तै आज ३ जना संक्रमितको मृत्यु भएको छ । आज २ सय ९८ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने हाल देशभर ७ हजार ३ सय ४९ जना सक्रिय संक्रमित रहेका छन्। हाल ६ हजार ९ सय ६१ जना होम आइसोलेसनमा छन् भने ३ सय ८८ जना संस्थागत आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ। १ सय ९७ जनाको आइसियु र ४१ जना भेन्टिल