प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई अधिवक्ता ओमप्रकाश अर्यालले संवैधानिक इजलासमा भएको संवैधानिक परिषद्सम्बन्धी सुनुवाइ तत्काल सुरु गर्न ध्यानाकर्षण निवदेन दिएका छन् । संवैधानिक इजलासमा रहेको विचाराधीन उक्त विवाद एकल इजलासको आदेशबाट सुनुवाइ रोक्न नमिल्ने र तत्काल सुनुवाइ सुरु गर्नुपर्ने ध्यानाकर्षण निवदेनमा छ ।
“एकल इजलासबाट संवैधानिक इजलासको सुनुवाइ रोक्ने गरी भएको अन्तरिम आदेशका दुष्परिणाम अत्यन्त गम्भीर भएको हुँदा त्यसबाट न्याय प्रणालीमा हुनसक्ने अपूरणीय क्षति हुनसक्छ” अधिवक्ता अर्यालले भने, “सर्वा...