जनता समाजवादी पार्टीका कार्यकारिणी सदस्य एवं निवर्तमान मन्त्री लक्ष्मणलाल कर्णले सर्वोच्च अदालतको आदेश संवैधानिक र राजनीतिक रुपमा गलत रहेको प्रतिकृया दिएका छन् । कर्णले संविधानमा काम चलाउ सरकार वा चुनाव सरकार उल्लेख नभएका कारण सर्वोच्च अदालतले यस्तो निर्णय गर्न नमिल्ने प्रतिकृया दिए । यद्यपि यो मन्त्रिपरिषद् संविधानअनुसार गठन भएको बताउँदै उनले सर्वोच्च अदालतको निर्णय मान्नुको विकल्प नरहेको बताए ।यो निर्णयले थप राजनीतिक संकट निम्त्याएको उनले बताए । उनले भने-‘देश कसरी सञ्चालन हुन्छ, कसल