मोदीको घरदैलो अभियानमा हिँडे महेश आचार्य

२४ कात्तिक, विराटनगर । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री महेश आचार्य मोरङ-४ को चुनावी अभियानमा सहभागी भएका छन् । यो क्षेत्रबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्ने आकांक्षामा रहे पनि आचार्यले टिकट पाएनन् । तर बिहीबार उनी सत्तारुढ गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका अमनलाल मोदीका लागि मत माग्न हिँडेका हुन् । २०७४ सालको निर्वाचनमा आचार्यलाई मोदीले नै […]

सम्बन्धित सामग्री

अर्काे पटकदेखि म उम्मेदवार बन्ने दौडमा हुन्न : महेश आचार्य

म एक निर्वाचन अवधि सक्रिय राजनीतिमा रहने परिस्थितिमा छु । अर्काे चुनावको राजनीतिमा जान मेरो अवस्था र परिस्थितिले नदेला । यसपटक पार्टीले मलाई छान्यो भने अर्काे संसदीय निर्वाचनमा उम्मेदवार बन्ने दौडमा म हुन्न ।

राष्ट्रपतिको कदमले गम्भीर संकट : महेश आचार्य

७ असोज, विराटनगर । नेपाली कांग्रेसका नेता महेश आचार्य राष्ट्रपति विद्यादेवी भण्डारीको पछिल्लो कदमले संवैधानिक संकट उत्पन्न भएको बताएका छन् । नेपाली कांग्रेस प्रदेश-१ संसदीय दलको स्मारिका विमोचन गर्दै उनले राष्ट्रपति भण्डारीको कदमले गम्भीर संकट उत्पन्न भएको बताएका हुन् । उनले भने, ‘संविधानले दिएको निश्चित अधिकारलाई राष्ट्रप्रमुखले पालना नगर्नुले गम्भीर संकट उत्पन्न भएको छ । […]

मोरङ-४ मा काँग्रेसबाट ५ जना उम्मेदवार सिफारिस

कांग्रेले सिफारिस गरेकाहरूमा महेश आचार्य, दिलीप गच्छदार,अमृत अर्याल, भीम पराजुली र गुरु घिमिरे रहेका छन्।...

कोइरालालाई सघाउँदै महेश आचार्य

आसन्न स्थानीय तहको निर्वाचनका लागि नेपाली काँग्रेसको तर्फबाट विराटनगर महानगरपालिकाको प्रमुखका उम्मेदवार नागेश कोइराला आजदेखि मतदाताको घरदैलोमा पुगी मत माग्न थालेका छन् ।निर्वाचन नजिकिँदै गएपछि आफ्ना प्रचारप्रसारलाई तीव्र एवं प्रभावकारी बनाउने योजनामा रहनुभएका उम्मेदवार कोइरालालाई काँग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले समेत सहयोग गरिरहेका छन् । पूर्व अर्थमन्त्रीसमेत रहेका आचार्यले घरदैलोका क्रममा विराटनगरले युवा उम्मेदवारलाई अघिसारेको बताउँदै अब देश र स्थानीय तहको विकास काँग्रेस नेतृत्वको सरकार

एमसीसीलाई सदनबाट अनुमोदन गर्नु सुखदः महेश आचार्य

मोरङ – कांग्रेस नेता महेश आचार्यले एमसीसीलाई सदनबाट अनुमोदन गर्नु सुखद भएको बताएका छन्। मोरङको कटहरी गाउँपालिकामा सोमबार आयोजित एक कार्यक्रममा नेता आचार्यले एमसीसीको सन्दर्भमा सरकारले गरेको निर्णय स्वागतयोग्य भएको प्रस्ट्याए। मुलुकको आर्थिक अवस्थालाई चलायमान बनाउने उद्देश्यसहित एमसीसी परियोजना ल्याउने सन्दर्भमा अमेरिका धन्यवादको पात्र भएको उनले बताए। कार्यक्रममा नेता आचार्यले एमसीसीको सन्दर्भमा प्रमुख प्रतिपक्षी दल […]

प्रकाशमानको टीमबाट महेश आचार्य उपसभापति, विश्वप्रकाश महामन्त्री

काठमाडौँ– नेपाली कांगेसको १४ औँ महाधिवेशनमा विश्वप्रकाश शर्माले प्रकाशमान सिंहको प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दिने भएका छन्। सभापति शेरबहादुर देउवाको टीममा नपरेपछि शर्माले सिंहको टीमबाट उम्मेदवारी दिन लागेका हुन्। देउवाले कृष्णप्रसाद सिटौलासँग सहकार्य गरी प्रदीप पौडेललाई महामन्त्रीमा अघि सारेपछि शर्मा देउवाको टीमबाट बाहिरिएका हुन्। यस्तै नेता महेश आचार्यले पनि सिंहकै प्यानलबाट उपसभापति उम्मेदवारी दिएका छन्। सिंहको […]

कांग्रेस उपसभापतिमा महेश आचार्य दिए उम्मेदवारी

२५ मंसिर, काठमाडैं । महेश आचार्यले नेपाली कांग्रेसको उपसभापतिमा उम्मेदवारी दर्ता गरेका छन् । केन्द्रीय सदस्य आचार्यले आज दिउँसो उपसभापतिमा उम्मेदवारी दर्ता गरेका हुन् । हालसम्म कल्याण गुरुङले सभापतिमा उम्मेदवारी दर्ता गराएका छन् भने मानबहादुर विश्वकर्माले सहमहामन्त्रीमा उम्मेदवारी दिएका छन् । अहिले मनोनयन जारी छ । साँझ ५ बजेसम्म मनोनयन दर्ता हुने निर्वाचन समितिले जनाएको छ […]

‘अदालतको विषयमा अब पार्टीले नबोलेर सुखै छैन्’ : महेश आचार्य (भिडिओसहित)

काठमाडौं, ४ मंसिर । नेपाली काँग्रेसका प्रभावशाली नेता महेश आर्चायले नेता आचार्यले अदालतभित्र अहिले देखिएको विवादको विषयमा अब दलहरुले बोल्न ढिलो गर्न नहुने जिकिर गरे । उनले न्याय क्षेत्रमा गम्भीर भ्रष्टाचारको समस्या, विचौलियाहरुको बिगबिगी, मुद्दाको व्यापार हुने परिस्थिति देखाईएको यो गम्भीर विषय भएको टिप्पणी गरे । प्राइम टाइम्स टेलिभिजिनबाट हिजो राति प्रसारण भएको ‘जनता जान्न […]