२५ मंसिर, काठमाडैं । महेश आचार्यले नेपाली कांग्रेसको उपसभापतिमा उम्मेदवारी दर्ता गरेका छन् । केन्द्रीय सदस्य आचार्यले आज दिउँसो उपसभापतिमा उम्मेदवारी दर्ता गरेका हुन् । हालसम्म कल्याण गुरुङले सभापतिमा उम्मेदवारी दर्ता गराएका छन् भने मानबहादुर विश्वकर्माले सहमहामन्त्रीमा उम्मेदवारी दिएका छन् । अहिले मनोनयन जारी छ । साँझ ५ बजेसम्म मनोनयन दर्ता हुने निर्वाचन समितिले जनाएको छ […]