शवभित्र सर्प र भ्यागुता छ भनेर चिर्ने व्यक्ति पक्राउ

गोरखा : धार्चे गाउँपालिका ६ स्थित काशीगाउँका भीम गुरुङको शवलाई काट्ने र महिलामाथि बोक्सीको आरोपमा दुर्व्यवहार गर्ने रोशन गुरुङलाई प्रहरीले पक्राउ गरेको छ। मीनकुमारी गुरुङको जाहेरीको आधारमा प्रहरीले रोशनलाई पक्राउ गरेर मुद्दा चलाएको छ। शनिबार पक्राउ परेका गुरुङको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। मी...

सम्बन्धित सामग्री

सिमसार क्षेत्र मासिएपछि सारस घट्दै

कञ्चनपुर । सिमसार क्षेत्रमा पाइने सारस चराको संख्या कञ्चनपुरमा विगतको तुलनामा घटदै जान थालेको छ । सिमसार क्षेत्र घटदै गएपछि यो चरा घट्न थालेको हो । एकै ठाउँमा बस्न रुचाउने रैथाने प्रजातिको सारस सालैपिच्छे घटनुमा वासस्थान विनाश मुख्य कारण हो । ‘सिमसार मासेर स्थानीयले खेती गर्न थालेपछि सारस घटन थालेको छ,’ नेपाल पक्षी संरक्षण संघका चराविज्ञ हिरुलाल डगौराले भने, ‘सिमसार घट्न थालेपछि आहारको कमी भएको छ । शिकार गर्ने र कृषिमा विषादीको अन्धाधुन्ध प्रयोगले यो चरालाई समस्या भएको छ ।’ यसको आहारा माछा, भ्यागुता, सर्प र अन्य कीराको कमीसँगै सारस विगतको तुलनामा आधा घटेको उनको भनाइ छ । भर्खरै सकिएको जलपक्षी गणनामा बेलडाँडी गाउँपालिकाको चवन्नीमा दुई र सोही गाउँपालिकाको अर्काे सिमसार क्षेत्रमा आठ सारस देखा परेका छन् । स्थानीयका अनुसार पहिला सारस एकै ठाउँमा १५ देखि २० को संख्यामा देखिन्थे । अण्डा र मासुलाई यसको शिकार हुन्छ । दुई वर्ष पहिले बेलडाँडी क्षेत्रमै संरक्षणकर्मीले एउटा मरेको र अर्काे घाइते फेला पारे । वर्षात्मा सारस स्थानीय किसानका खेतबारीमा आउँदा शिकार बढी हुन्छ । सारस घटेकाले यसलाई जोगाउन सिमसार क्षेत्र जोगाउन र यसलाई मार्नु हुँदैन संरक्षण गर्नुपर्छ भन्ने जागरण पैदा गर्न सचेतनामूलक कार्यक्रम आवश्यक भएको सरोकारवालाको भनाइ छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु ऐन २०२९ ले सारसलाई संरक्षित पक्षीको सूचीमा राखेको छ । साइटिसले अनुसूची २ र आईयूसीएनले रातो किताबमा संवेदनशील सूचीमा राखेको छ । सारसले किसानले धानबाली लगाइसकेपछि अर्थात् जुन, जुलाई महिनामा ओथारो बस्ने (बच्चा कोरल्ने) गर्दछ ।  रासस

विस्थापित भन्छन्– ‘राहत र पालकै भरमा कतिन्जेल ?’

मध्यबर्खाको सिमसिमे पानी । घामपानीले मक्किसकेका लस्कर थोत्रो पालका टहरा । हुरीले उडाएर ह्वाङ बनाएको पालभित्र पानीले भिजाइहाल्छ । हिलो र जमेको पानी सोहोरेर फाल्दाफाल्दै हैरान भइरहँदा सर्प, भ्यागुता, जुँका ओछ्यानसम्मै आइपुग्छन् ।

मानव जाति : कति उत्कृष्ट प्राणी ? तथ्य, कथ्य र सत्य

यस जगतमा अमिवा, पारमेशियम जस्ता एक कोषीय जीव देखि माछा, भ्यागुता, सर्प, चराचुरुङ्गी जातका प्राणीहरु

क्वारेन्टाईनमा भ्यागुता, सर्प र बिच्छीको त्रास

जिल्लाको क्वारेन्टाईन बस्नेहरुले सर्प र बिच्छीको त्रास बढेको बताएका छन् । त्रियुगा नगरपालिका – ३ मोतिगडास्थित जनता बहुमुखी क्याम्पसको क्वारेन्टाईनमा बस्नेहरुले केहीदिनयता दिउँसो र राति बग्रेल्ती भ्यागुता पस्ने गरेको भन्दै सर्प पनि छिर्ने जोखिम भएको बताएका हुन् ।

महत्त्वपूर्ण छन् सर्प, भ्यागुता र छेपारा

चितवन अन्नपूर्ण भूपरिधि क्षेत्रमा सर्प, भ्यागुता र छेपाराको बासस्थानका सर्वेक्षण भइरहेको छ । सरिसर्प वर्गको मझौला तथा साना जीवजन्तुमा पर्ने सर्प, भ्यागुता र छेपाराको वास्तविक अवस्थिति पत्ता लगाउने विशेष अध्ययन गर्ने आधार तयार पार्न सर्वेक्षण सुरु गरिएको राष्ट्रिय प्रकृति संरक्षण कोषले जनाएको छ ।

बोक्सीले पेटमा भ्यागुता, सर्प र छेपारो राखेको भन्दै शव चिरफार !

युवाहरुले शव चिरेको भोलिपल्ट साउन १२ गतेदेखि बोक्सी आरोपमा हाम्रो परिवारका सदस्य (आमा र दिदी) लाई सामाजिक बहिष्कार गरेपछि उनीहरुविरुद्ध कारबाहीका लागि सोममाया गुरुङले प्रहरी गुहारेकी हुन्। सोममायाका अनुसार गाउँलेहरुले परिवारलाई सामाजिक बन्देज लगाएका छन्। गाउँमा मान्छे मरेको ठाउँमा चामल लैजान दिएका छैनन् र बोक्सीको परिवारले छोएको पानी चल्दैन भनेर बारेका छन्।

मृतककाे पेटबाट सर्प, भ्यागुता निकाल्ने भन्दै शव चिरियो !

काठमाडाैं । मृतककाे पेटबाट सर्प, भ्यागुत्ता, छेपाराे  निकाल्ने भन्दै गाेरखाकाे धार्चे गाउँपालिका -६ काशीगाउँमा एक मृतककाे शव चिरिएकाे छ । बाेक्सी लागेर मरेकाे र उसकाे पेटभित्र सर्प, भ्यागुत्ता, छेपाराे रहेकाे भन्दै स्थानिय ...

म्यान भर्सेज वाइल्डका फ्यान, जसले खान्छन् सर्प र भ्यागुता

भारतको पश्चिम बंगाल राज्य, उत्तरी २४ पर्गानास जिल्लास्थित बसिरहत गाउँका  २७ वर्षीय राजकुमारदास डिस्कभरी च्यानलबाट प्रशारण हुने कार्यक्रम म्यान भर्सेज वाइल्ड’ का समर्थक हुन्। उनले विगत ९ वर्षदेखि यो शृंखला नियमित हेरिरहेका छन्। यस कार्यक्रमका बेलायती टेलिभिजन प्रस्तोता बियर ग्राइल्सबाट प्रभावित भएका  राजकुमारदासला...