स्वास्थ्य बीमा : बीमित र सरकार दुबैबाट शुल्क असुल्छन् अस्पताल

अस्पतालहरुले बिरामीसँग पनि रकम लिने र बीमा बोर्डमा पनि भुक्तानी दाबी गर्ने, अस्वभाविक रकम दाबी पेश गर्ने गरेको पनि पाइएको छ ।

सम्बन्धित सामग्री

अस्पतालले अब बीमितलाई रिफर गर्दैमा भुक्तानी नपाउने

बिरामी रिफर मात्रै गर्ने अस्पताललाई स्वास्थ्य बीमा बोर्डले पैसा नदिने भएको छ । स्वास्थ्य बीमा गराएकालाई सामान्य जाँच पनि नगरीकन अर्को अस्पताल रिफर गर्ने अस्पताललाई पैसा नदिने स्वास्थ्य बीमा बोर्डले बताएको हो । बीमा बोर्डबाट एक बीमित बिरामीलाई रिफर गरेबापत २०० रुपैयाँ सो अस्पतालले प्राप्त गर्छ । देशभर बीमितको उपचार गर्ने अस्पताल ४३४ वटा छन् । प्रायः अस्पतालले बीमा बोर्डले तोके अनुसार कुनै पनि प्राथमिक सेवा नदिई रिफर गरेको पाइएको स्वास्थ्य बीमा बोर्डका सूचना अधिकृत शो

६ सय विपन्न परिवारको निःशुल्क स्वास्थ्य बीमा

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पनौती नगरपालिकामा ६०० विपन्न परिवारको निःशुल्क बीमा गरिएको छ । नगरले ‘मेयर विपन्न नागरिक स्वास्थ्य बीमा कार्यक्रम’ अन्तर्गत ६०० परिवारको निःशुल्क बीमा गरेको हो । आर्थिक अभावका कारण कुनै पनि नागरिक स्वास्थ्य उपचार सेवाबाट वञ्चित हुनु नपरोस् भन्ने उद्देश्यले नगरभित्रका विपन्न नागरिकको परिवारको निःशुल्क स्वास्थ्य बीमा गरिएको बताइएको छ । नागरिकको स्वास्थ्यको रक्षा गर्नु नगरको दायित्व रहेकाले यस वर्षदेखि विपन्न नागरिकको स्वास्थ्य बीमा थालिएको नगरप्रमुख भीम न्यौपानेले बताए । उनका अनुसार उक्त बीमा कार्यक्रमबाट करिब तीन हजार नागरिक लाभान्वित हुनेछन् । वडा कार्यालयले विपन्न परिवार पहिचान गरी सिफारिश गरेको आधारमा बीमा गरिएको नगर स्वास्थ्य शाखाले बताएको छ । हाल प्रतिवडा ५० परिवारका दरले सिफारिस गरिएको छ । बीमित परिवारले आउँदो फागुन १ गतेदेखि धुलिखेल अस्पताल र बनेपास्थित रेयुकाई एइको मासुनागा आँखा अस्पतालबाट सेवा लिन सक्ने बताइएको छ ।      स्थानीय नागरिक, सहकारी संस्था र नगरको सहकार्यमा अन्य आर्थिक अवस्था कमजोर भएका करीब ४ हजार परिवारको स्वास्थ्य बीमा गर्ने नगरको योजना छ । नागरिक र सहकारीको ३३/३३ प्रतिशत तथा नगरको ३४ प्रतिशत रकमबाट उक्त परिवारको निःशुल्क स्वास्थ्य बीमा गरिने नगर स्वास्थ्य शाखाले बताएको छ । रासस