मर्जर र एफपिओमा लाभकर विवाद: सर्वोच्चमा दायर रिटको फैसला मङ्सिर २० मा

काठमाडौं। कम्पनीहरूले एकआपसमा गाभिँदा (मर्जर वा एक्विजिसन) र फर्दर पब्लिक अफरिङ (एफपिओ)बाट प्राप्त गरेको आम्दानीमा कर लाग्ने आर्थिक ऐन–२०८० को प्रावधानविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको फैसला मङ्सिर २० गते हुने भएको छ । बुधवार उक्त रिटमाथि सर्वोच्चका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई, प्रकाशमान सिंह राउत र सपना प्रधान मल्लको संवैधानिक इजलाशमा बहस भएको थियो । दुवै पक्षको बहस सकिएपछि पूर्ण सुनुवाइका निम्ति मङ्सिर २० गते पेश गर्ने आदेश जारी भएको छ । यसअघि कात्तिक २२ गते दुवै पक्षलाई छलफलका लागि बोलाइएको बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो । १६ ओटा वाणिज्य बैंक र दुईओटा बीमा कम्पनीले मर्जर तथा प्राप्तिबाट भएको लाभ र शेयर प्रिमियमबाट लाभांश वितरण गर्दा आयकर नलाग्ने भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, आन्तरिक राजस्व विभाग र संघीय संसद् सचिवालयलाई विपक्ष बनाएर छुट्टाछुट्टै चारओटा रिट दायर गरेका छन् । आर्थिक ऐनको दफा २६ मा एफपीओबाट प्रिमियम मूल्यमा शेयर जारी गरी प्राप्त भएको रकममध्ये आर्थिक वर्ष २०७८/७९ सम्म बोनस शेयरको रूपमा वितरण गरेको लाभांश रकमलाई आयकर ऐन अनुसार कर दाखिल नगरेको भए २०८० मङ्सिरसम्म दाखिल गरेमा शुल्क तथा ब्याज मिनाहा हुने व्यवस्था गरिएको छ ।  मर्जर तथा प्राप्तिबाट भएको लाभ र शेयर प्रिमियमबाट लाभांश वितरण गर्दा आयकर नलाग्ने भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, आन्तरिक राजस्व विभाग र संघीय संसद् सचिवालयलाई विपक्ष बनाएर छुट्टाछुट्टै चारओटा रिट दायर गरिएका छन् । यसैगरी दफा २७ मा ‘मर्जर वा एक्विजिसनमा प्राप्त लाभबापतको आयलाई कर प्रयोजनका लागि आयमा समावेश गरी कर दाखिल नगरेको भए आर्थिक वर्ष २०७८/७९ सम्मको त्यस्तो आयमा लाग्ने कर २०८० मङ्सिर मसान्तभित्र दाखिल गरेमा त्यसमा लाग्ने शुल्क तथा ब्याज मिनाहा हुने’ व्यवस्था छ । महालेखापरीक्षकले आफ्नो प्रतिवेदनमा बैंकहरूको मर्जर वा एक्विजिसन तथा एफपिओबाट हुने आम्दानीमा कर लाग्ने उल्लेख गरेपछि अर्थमन्त्री डा. प्रकाशशरण महतले चालू आर्थिक वर्षको आर्थिक विधेयकमा छूटसहितको व्यवस्था गरेका हुन् । संसद्मा विधेयक पेश भएपछि यसलाई हटाउन बैंकरहरूले पहल गरे पनि सरकारले बेवास्ता गरेपछि खारेजीको माग गर्दै रिट दायर गरेका हुन् । रिटमा मर्जर वा एक्विजिसनमा प्राप्त लाभ र एफपिओ प्रिमियममा कर लाग्ने व्यवस्था ‘भूतप्रभावी रूपमा कर लाग्ने उद्घोष’ भएको भन्दै यो संविधान विपरीत भएको दाबी गरिएको छ । आयकर ऐन अनुसार नलाग्ने कर घुमाएर लाग्ने गरी आर्थिक ऐन ल्याउँदा विधायिकी शक्तिको कपटपूर्ण प्रयोग भएको समेत रिटमा दाबी गरिएको छ ।  

सम्बन्धित सामग्री

बैंकले मर्जर र एफपीओको मुद्दा हारे

सरकारले बैंक तथा वित्तीय संस्थाको मर्जर र एफपीओमा लगाएको करको मुद्दा बैंक तथा वित्तीय संस्थाले हारेका छन्।...

लक्ष्मी बैंक र सनराइज बैंकले मर्जर सम्झौता गर्दै

२५ पुस, काठमाडौं । लक्ष्मी बैंक र सनराइज बैंकले एक आपसमा गाभिन (मर्जर)का लागि सम्झौता गर्ने भएका छन् । २५ पुस सोमबार अथात् आजै दुबै बैंकबीच मर्जर सम्बन्धी प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर हुने एक बैंकका सञ्चालकले बताए । ‘अहिले हामी छलफलमा छौं, केही समयपछि मर्जरको प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर गर्ने तयारी छ,’ उनले भने । दुबै बैंकको […]

कुमारी बैंक र एनसीसी बैंकबीच मर्जर सम्झौता सम्पन्न

कुमारी बैंक र एनसीसी बैंकबीच मर्जर सम्झौता सम्पन्न भएको छ। राजधानीको मेरियट होटलमा आयोजित कार्यक्रममा दुबै बैंकका सञ्चालकहरुले समान हैसियतमा (१ः१) को स्वाप रेसियोमा मर्जर सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्।...

कुमारी र एनसिसी बैंकबीच मर्जर सम्झौता

कुमारी बैंक र नेपाल क्रेडिट एन्ड कमर्स (एनसिसी) बैंकबीच मर्जर सम्झौता भएको छ । एनसिसीका मर्जर कमिटी संयोजक चन्द्र बाँस्तोला र कुमारी बैंकका मर्जर कमिटीका संयोजक कृष्णप्रसाद ज्ञवालीले सोमबार मर्जर सम्झौतामा...

एनसीसी र कुमारी बैंकबीच मर्जर सम्झौता

अन्तत: लामो प्रयासपछि नेपाल क्रेडिट एन्ड कमर्स बैंक (एनसीसी बैंक) र कुमारी बैंकबीच मर्जर सम्झौता भएको छ । दुवै बैंकबीच सोमबार एक कार्यक्रमका बीच मर्जर सम्झौतामा हस्ताक्षर भएको हो ।एनसीसी बैंकका मर्जर कमिटी संयोजक चन्द्र बाँस्तोला र कुमारी बैंकका मर्जर कमिटी संयोजक कृष्णप्रसाद ज्ञवालीले दुई बैंकबीच १:१ स्वाप रेसियो हुने गरी मर्जर सम्झौतामा हस्ताक्षर गरेका […]

हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सबीच मर्जर

काठमाडौँ – हिमालयन जनरल इन्स्योरेन्स कम्पनी र एभरेष्ट इन्स्योरेन्स कम्पनीबीच मर्जर भएर आइतबारबाट औपचारिक रुपमा एकीकृत कारोबार सुरु गरेको छ। काठमाडौंमा आइतबार एक कार्यक्रमबीच नेपाली बिमाको इतिहासमा पहिलोपटक दुई वटा बिमा कम्पनी मर्जर भएर एकीकृत कारोबार सुरु गरेका छन्। हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स कम्पनीबीच मर्जर प्रक्रिया पूरा गरेर बिमा समितिले मर्जर स्वीकृति दिएसँगै […]

टुट्यो हिमालयन र इन्भेस्टमेन्टबीचको मर्जर

केही महिनादेखि प्रक्रियामा रहेको नेपाल इन्भेस्टमेन्ट बैंक र हिमालयन बैंकबीचको मर्जर नहुने भएको छ । गत ३० वैशाखमा सम्झौता भएर अगाडि बढेको मर्जर प्रक्रिया दुवै बैंकका सञ्चालकहरूबीचको विवादका कारण खारेज भएको...

हाइड्रोपावरमा पनि मर्जर, रिडी र रैराङ एकआपसमा गाभिने

२२ कात्तिक, काठमाडौं । बैंक तथा वित्तीय क्षेत्रमा जस्तै जलविद्युत कम्पनीहरुमा पनि मर्जर शुरु भएको छ । रिडी हाइड्रो पावर र रैराङ हाइड्रोपावर एक आपसमा गाभिने भएका छन् । रैराङ हाइड्रोपावरसँग मर्जर सम्झौता समेत भइसकेको रिडीका कर्पोरेट प्रवन्धक सन्तोष अधिकारीले जानकारी गराएका छन् । अधिकारीले नेपाल स्टक एक्सचेञ्मा गरेको पत्राचार अनुसार दुई कम्पनीहरुबीच मर्जरका लागि […]

समाज लघुवित्तका सीईओ महतोले तोडे स्वस्तिकसँगको मर्जर

१७ भदौ, काठमाडौं । समाज लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत किशोरी महतोले स्वस्तिक लघुवित्त वित्तीय संस्थासँगको मर्जर एकतर्फी रुपमा तोडेका छन् । मर्जर सहमति भएको करिब एक वर्षपछि सीईओ महतोले मर्जर गर्न नसक्ने भन्दै नेपाल राष्ट्र बैंकमा पत्राचार गरेका हुन् । गत वर्ष असोजमा यी दुई संस्थाहरुबीच मर्जर सहमति भएको थियो । समाजका सीईओ […]