काठमाडौं । वर्षा र बाढीको बहाना बनाएर बिचौलियाले हरियो तरकारीको मूल्य सात दिनमै दोब्बर बढाएका छन् । किसानबाट प्रतिकिलो १५–२० रुपैयाँमा किनिएको तरकारी बिचौलियाले ६० देखि ७० रुपैयाँमा बिक्री गर्दै आएका छन् । बिचौलियाले बर्सेनि वर्षा र बाढीको बहानामा हरियो तरकारीको मूल्य दोब्बर बढाएर उपभोक्तालाई ठग्दै आएका छन् । केन्द्र सरकार र स्थानीय तहबाट बजार …
तरकारी उत्पादनका लागि मौसम अनुकूल नभएपछि बागलुङमा तरकारीको मूल्य आकासिएको छ । प्रतिकुल मौसमका कारण जिल्लामा उत्पादित तरकारीले माग धान्न नसकेपछि बाहिरी जिल्लाबाट आयात गर्दा मूल्य बढी पर्न गएको हो ।
तरकारी उत्पादनका लागि यो यामलाई बेमौसम मानिन्छ । तर पनि विगतको तुलनामा यो वर्ष तरकारीको मूल्य दोब्बर वृद्धि भएको तरकारी व्यवसायी गंगा शर्माले बताइन् । “विगतको तुलनामा यहाँ तरकारीको मूल्य निकै बढेको छ ।”
काठमाडौंमा मागअनुसार तरकारी आपूर्ति हुन नसकेपछि मूल्य दोब्बर बढेको भएको छ । दसैं र तिहारपछि तरकारी आपूर्तिमा ५० प्रतिशतले कमी आएपछि मूल्य अकासिएको हो ।