ज्यान हत्केलामा राखेर ‘राप्ती लोकमार्ग’ को यात्रा

असार ५, सल्यान। जीर्ण अवस्थामा रहेको घुमाउरो र खाल्डाखुल्डी भएको राप्ती लोकमार्ग अन्तर्गतको सल्यान–दाङ सडकखण्डमा जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता रहेको छ । दशौँ वर्ष पहिले निर्माण भएको राप्ती लोकमार्गको यस सडक मर्मत र स्तरोन्नति नहुँदा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता बनेको हो । साविकको राप्ती अञ्चलका तीन जिल्लाको ‘लाइफलाइन’ मानिने राप्ती लोकमार्ग जीर्ण हुँदा यात्रुले जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका हुन् ।  हिउँदमा धुलोका कारण आजित बनेका यात्रुहरु अहिले हिलो र पहिरोका कारण समस्यामा परेका छन् । विगत केही दिनयताको निरन्तरको वर्षा र सडक माथिबाट झरेको पहिरोका कारण यस सडकखण्ड भएर यात्रा गर्ने सबैले सास्ती खेप्नु परेको स्थानीय बताउँछन् । अझै पनि जीवन हत्केलामा राखी जोखिम र कष्टकरपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको उनीहरुको भनाइ छ । घुमाउरो, जीर्ण र साँघुरो सडकको समयमा मर्मतसम्भार र स्तरोन्नति हुन नसक्दा हिउँदमा धुलो र वर्षातमा हिलो तथा पहिरोका कारण सास्ती भोग्नुपरेको एम्बुलेन्स चालक हेमराज गिरीले बताए । जीर्णावस्थामा रहेको घुमाउरो र साँघुरो सडक भएकाले एक घन्टामा सहजै पार गरिने सल्यान–दाङ सडक अहिले झण्डै ३ घण्टा लाग्ने गरेको उनको भनाइ छ ।  ‘पहिरोले बाटो अबरुद्ध भएपछि बिहीवार चाउचाउको भरमा रात काट्यौँ, एम्बुलेन्समा सुतेर बिउझिँदा पहिरो झरेर झण्डै आधा पुरिसकेको रहेछ, धन्न बाँच्न सफल भयौँ, वर्षाको समयमा कतिबेला पहिरो आउँछ भन्ने थाहा नै हुँदैन’ उनले भने ‘सम्बन्धित निकायले बेलैमा सोचेको भए अहिले सास्ती भोग्नु पर्दैनथ्यो ।’  प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाईले सल्यान–दाङको सिमानादेखि सल्यान तर्फको भागको सडक चौडाको काम बन्द गरिएको बताइन् । निरन्तरको वर्षा र पहिरोको जोखिम भएकाले असार, साउन र भदौ तीन महीनाको लागि सडक चौडाको काम बन्द गरिएको उनले जानकारी दिईन् ।  यस सडकको मर्मत सहित स्तरोन्नतिको जिम्मेवारी पाएको निर्माण कम्पनीले बिगत केही महीना यता काम गर्दै आएको थियो । तर सडक स्तरोन्नतिको काम नसकिएपनि सडक डिभिजन कार्यालयले काम रोक्न परिपत्र गरेको छ ।  पहिरोको जोखिम बढेपछि कपुरकोट–दाङ सडक खण्ड भएर रातको समयमा आवतजावत नगर्न आग्रह गरिएको छ । निरन्तरको वर्षा र त्यसपछि सडक माथिबाट आउने पहिरोका कारण सवारीसाधन सञ्चालन गर्न जोखिम भएकाले रातको समयमा आवतजावत नगर्न आग्रह गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख, प्रहरी नायव उपरिक्षक गोविन्द थापाले जानकारी दिए ।  वर्षातका कारण सडक माथिबाट पहिरो आउने सम्भावना धेरै भएकाले साँझ ७ बजेदेखि बिहान ६ बजेसम्म यस सडकखण्ड भएर आवतजावत नगर्न आग्रह गरिएको उनले जानकारी दिए । बिहीवार मात्रै सकडमाथि बाट आएको पहिरोमा परेर एम्बुलेन्स सहित ४ ओटा गाडीमा क्षति पुगेको थियो ।

सम्बन्धित सामग्री

सीमित सवारी र ‘ओभर लोड’ ले यात्रा जोखिमपूर्ण

यही मङ्सिर १५ गते साँझ दलदलेबाट डेढगाउँका लागि छुटेको जिप धौबादी नजिक दुर्घटनामा पर्यो । दुर्घटनामा परेर चार जनाले ज्यान गुमाए । दशजना घाइते भए । गत कात्तिक १५ गते बुलिङटारमा भएको सवारी दुर्घटनामा पाँच जनाले ज्यान गुमाए । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको पहाडी क्षेत्रमा बर्सेनि यस्ता दुर्घटना हुने गरेका छन् । जसबाट जनधनको क्षति हुने गरेको छ । पहाडी क्षेत्र जाने जीर्ण सडकका कारण पहाडी क्षेत्रका बासिन्दा जोखिम मोलेर यात्रा गर्न बाध्य छन् । एकातर्फ जीर्ण सडक त्यसमाथि सीमित सवारी सा

भिरबाट लडेर दुईजनाको मृत्यु

कालिकोटका भिरपाखामा बर्षेनी कोही घाँस काट्न जाँदा महिलाले ज्यान गुमाउँछन् भने कोही यात्रा गर्दा र कोहीले मदिरा सेवनका कारण भिरमा उछिट्टीएर ज्यान गुमाउने गरेका छन्।...

चाडपर्वमा ‘भगवान भरोसा’मा यात्रा गर्न बाध्य कर्णालीवासी

गतिलो सडक पूर्वाधार नहुँदा कर्णालीका नागरिकले अनाहकमा ज्यान गुमान बाध्य छन् ।

भासिएको कालुपाण्डे मार्गबाट जोखिमपूर्ण यात्रा गर्न बाध्य यात्रु

भास्सिएर तल पुगेको सडकमा मुटु छामेर यात्रा गर्नु पर्ने बाध्यता छ। ‘यात्रा गर्दैगर्दा पहिरिएर कसैको ज्यान गए जिम्मेवारी कसले लिन्छ?’ चालकहरु उल्टै प्रश्न गर्छन्।...

टाटा सुमोले ठक्कर दिँदा मोटरसाइकलमा चढेका दुई युवकको ज्यान गुम्यो

काठमाडौँ-  काठमाडौँको चोभारमा टाटा सुमो गाडीको ठक्करबाट मोटरसाइकलमा यात्रा गरिरहेका दुई युवकको ज्यान गुमेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले टाटा सुमोले मोटरसाइकललाई ठक्कर दिँदा दुई युवकको ज्यान गुमेको जानकारी दिए। ना १ ज ६३५४ नम्बरको टाटा सुमोले  पल्सर बाइकलाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जना सख्त घाइते भएका थिए। उनीहरुलाई बल्खुस्थित […]

विद्यालय हिँडेका विद्यार्थीको हत्केलामा ज्यान

स्कुल बसले दुर्घटना निम्त्याउला कि भनेर आम अभिभावकमा त्रासमा छन्। विद्यालयले सुविधा दिन भन्दै संचालन गरेको बसमा भने विद्यार्थीले ज्यानको बाजी यात्रा गर्नु परिरहेको छ।...

हेटौँडामा ट्रक र बस ठोक्किँदा दुई जनाको ज्यान गयो, १५ जना घाइते

मकवानपुर - हेटौँडा उपमहानगरपालिका वडा नम्बर–११ नवलपुरमा ट्रक र बस ठोक्किँदा दुई जनाको ज्यान गएको छ। बसमा यात्रा गर्ने १५ जना घाइते भएका छन् ।   गएराति साढे १२ बजे जनकपुरबाट काठमाण्डौका लागि छुटेको ना ७ ख ८७६ नम्बरको बस र चितवनबाट हेटौँडाका लागि  छुटेको प्रदेश २–०३००१ ख ५०३५ नम्बरको ट्रक ठोक्किएका प्रहरीले जनाएको छ । दुर्घटनामा दुई जना पुरुषको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बताउनुभयो । उनीहरुको उपचारका क्रममा ज्यान ...