आज संघीय संसदको दुवै सदनको बैठक बस्ने भएको छ । प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनको छुट्टाछुट्टै बैठक दिउँसो दुई बजे बोलाइएको छ । प्रतिनिधि सभा बैठकबाट आज बजेटसँग सम्बन्धित दुईवटा विधेयक पारित गर्ने तयारी छ ।
नवनिर्वाचित नेकपा एमालेको केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै छ। १०औं महाधिवेशनबाट नवनिर्वाचित एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै छ।...