कर्णालीमा सर्वोत्कृष्ट एकजना कृषकलाई सुनको हलो !

कर्णाली प्रदेश सरकारले कर्णालीमा सर्वोत्कृष्ट एकजनालाई सुनको हलो प्रदान गर्ने भएको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्माले आगामी आवको बजेट प्रस्तुत गर्दै कृषक सम्मान कार्यक्रम मार्फत प्रदेश भरमा सर्वोत्कृष्ट एकजना कृषकलाई सुनको हलो प्रदान गरिने बताएका हुन् । बजेटमा भनिएको छ– ‘कृषि पेसालाई मर्यादित बनाई कृषकहरुलाई सम्मान गर्न मुख्यमन्त्री कृषक सम्मान कार्यक्रम मार्फत प्रदेश भरमा सर्वोत्कृष्ट एकजना कृषकलाई सुनको हलो अंकित तक्मा र उत्कृष्ट २०० जना कृषक

सम्बन्धित सामग्री

मिथिलाञ्चलमा हलो र गोरुको पूजा गरिँदै

काठमाडौं । वसन्त पञ्चमीको अवसरमा बिहीबार मिथिलाञ्चलमा हलो र गोरुको पूजा गरिँदैछ । मिथिलाञ्चलमा बिहीबार कृषि कार्यको सुरुवात गर्ने दिन मानेर कृषकले बिहानै हलो र गोरुको पूजा गर्ने गर्दछन् । आँगनमा गाईको गोबरले लिपेर अक्षता, फूल, लड्डुलगायत सामाग्रीले हलोको पूजा गर्ने चलन छ । गोरुलाई पनि नुहाइदिएर रंगीचंगी डोरी र माला लगाएर पूजा गरिन्छ । […]

मलाई हलो बोक्न लाज छैन : मिश्र

राप्रपा प्रवेश गरेका रवीन्द्र मिश्रले आफुलाई तराजु छोडेर हलो बोक्न कुनै लाज नहुने बताएका छन् । आफु राप्रपा प्रवेश गर्न लाग्दा कतिपयले तराजु छाडेर हलो बोक्न लाग्नुभयो भन्दै प्रश्न गरिएको भन्दै देशमा ६० प्रतिशत नेपाली जनता कृषि कर्ममा हलो बोक्ने भएकाले आफुलाई पनि तिनै किसानको हलो बोक्न कुनै लाज नहुने बताए ।‘यो देशमा ६० प्रतिशत मानिस कृषक छन् । ६० प्रतिशत कृषक रहेको देशमा मलाई पनि हलो बोक्न कुनै लाज छैन’, मिश्रको भनाई छ । उनले आफु पार्टीमा पदको झगडा गर्न नआएको भन्दै मुलुकलाई रुपान्तरण ग

लमजुङमा ७३औं हलो क्रान्ति दिवस

लमजुङमा हलो क्रान्तीका अभियान्ताहरूको सम्झानामा स्तम्भ निर्माण भएको छ । हलोक्रान्ती नेपाल तथा तोयानाथ स्मृति प्रतिष्ठानको आयोजनामा सुन्दरवजार–४, दुराडाँडामा स्तम्भ निर्माण गरी अनावरणसमेत भएको हो ।प्रतिष्ठानले ७३औं हलो क्रान्ती दिवसको अवसरमा तत्कालीन अभियान्ताहरूको स्मृति स्तम्भ अनावरण गरेको हो । हलो क्रान्ती दिवसको अवसरमा आयोजित औपचारिक कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रिय सदस्य प्रदिप पौडेलले उक्त स्तम्भ अनावरण […]

हलो क्रान्तिले समाज परिवर्तन गर्न योगदान गरेको छ : प्रदीप पौडेल

काठमाडौं, ११ साउन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले हलो क्रान्तिले समाज परिवर्तन गर्न योगदान गरेको बताएका छन्। हलो क्रान्ति सुरूवात भएको स्थल, लमजुङको सुन्दरबजार नगरपालिका वडा नम्बर ४ दुराडाँडा बाटेगरा पुगेर बुधबार नेता पौडेलले हलो क्रान्तिले सामाजिक र राजनीतिक परिवर्तनमा योगदान गरेको बताए। दुराडाँडाका तोयानाथ अधिकारी, शेषकान्त अधिकारी, हरिभक्त पौडेललगायतले हलो क्रान्ति सुरूवात गरेका […]

राप्रपालाई हलो चिह्न नदिए चुनाव हुन नदिने लिङ्देनकाे चेतावनी

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले स्थानीय तहको निर्वाचनमा आफ्नै चुनाव चिह्न हलो नदिए चुनाव हुन नदिने चेतावनी दिएका छन् । सोमबार (आज) बर्दियामा भएको कार्यक्रममा उनले हलो चुनाव चिह्न नपाउने स्थिति आएमा चुनावमा अवरोध गर्ने चेतावनी दिएका हुन् । उनले भने, ‘राप्रपालाई आगामी स्थानीय तहको निर्वाचनमा दलको चुनाव चिह्न ‘हलो’ दिइएन भने […]

मिथिलाञ्चलमा हलो र गोरुको पूजा

श्रीपञ्चमीको अवसरमा महोत्तरीसहित  मिथिलाञ्चलमा किसानले आज हलो र गोरुको पूजा गरेका छन् । परम्परागत रुपमा मिथिलाञ्चलभरिका किसानले आजका दिनलाई कृषि कार्यको सुरुआत  मान्दै हलो र गोरुको पूजा गर्ने गरेका छन् । किसानले आ–आफ्ना आँगनमा गाईको गोबरले लिपपोत गरेर, फूलमाला, अक्षता, अबीर, चामल, लड्डुलगायतका वस्तुसहित हलो राखेर पूजाआजा गरेका छन् । घर बाहिर गोरुलाई नुहाएर रङ्गीचङ्गी डोरी लगाएर पूजा गरेका छन् ।किसानले हलो र गोरुको पूजा गरिसकेपछि नजिकैको खेतमा लगेर आज एकछिन जोत्ने चलन छ । आजक

‘हलो क्रान्ति’को ७२ वर्ष पूरा

लमजुङ-लमजुङको दुराडाँडास्थित अर्चल्यानीमा ब्राहमणहरूले पहिलोपटक हलो जोतेको ७२ वर्ष पूरा भएको छ । २००६ सालमा स्थानीय पण्डित तोयानाथ अधिकारीको नेतृत्वमा २७ जना ब्राम्हणहरूले पहिलो पटक हलो जोतेपछि हलो क्रान्तिको सुरुवात भएको थियो ।देशमा प्रजातन्त्रको उदय हुनुअघि वि.सं. २००६ साल साउन ११ गते लमजुङको दुराडाँडा–६ अर्चल्यानीको बाटेगरामा बाहुनहरूले सामूहिकरूपमा हलो जोतेका थिए । बाहुनले हलो जोतेको […]

हलो क्रान्तिका नायक पण्डित तोयनाथ अधिकारीको शालिक शिलान्यास

लमजुङ – हलो क्रान्तिका नायक स्वर्गीय पण्डित तोयनाथ अधिकारीको शालिक शिलान्यास गरिएको छ । ७२ औँ हलो क्रान्ति दिवसको अवसरमा सोमवार लमजुङको सुन्दरबजार नगरपालिका ४ दुराडाँडा अर्चल्यानीमा रहेको ऐतिहासिक हलो क्रान्ति स्थल बाटेगरामा हलो क्रान्तिका नायक अधिकारीको शालिक शिलान्यास गरिएको हो । हलो क्रान्ति नेपाल तथा तोयानाथ स्मृति प्रतिष्ठानको पहलमा बाटेगरामा हलो क्रान्तिका नेतृत्वकर्ता पण्डित तोयानाथ अधिकारीले हलो जोत्दै गरेको शालिकको शिलान्यास गरिएको प्रतिष्ठानका अध्यक्ष दीपक पौडेलले जानकारी दिनुभयो । नेपाली कांग्...

किसानलाई नगरपालिकाबाट यान्त्रिक हलो वितरण

म्याग्दीको बेनी नगरपालिका वडा न ६ का कृषकहरुलाई यान्त्रिक हलो वितरण गरिएको छ । शुक्रबार प्रमुख प्रशासकीय अधिकृत छबीलाल सुबेदी, वडा अध्यक्ष कृष्णसिंह बानिया, कृषि अधिकृत आकृति ढुङ्गानालगायतले सो वडाका २७ जना कृषकहरुलाई ३३ प्रतिशत अनुदानमा २७ वटा यान्त्रिक हलो वितरण गरिएको हो । तस्वीर सन्तोष गौतम, रासस