श्रीपञ्चमीको अवसरमा महोत्तरीसहित मिथिलाञ्चलमा किसानले आज हलो र गोरुको पूजा गरेका छन् । परम्परागत रुपमा मिथिलाञ्चलभरिका किसानले आजका दिनलाई कृषि कार्यको सुरुआत मान्दै हलो र गोरुको पूजा गर्ने गरेका छन् । किसानले आ–आफ्ना आँगनमा गाईको गोबरले लिपपोत गरेर, फूलमाला, अक्षता, अबीर, चामल, लड्डुलगायतका वस्तुसहित हलो राखेर पूजाआजा गरेका छन् । घर बाहिर गोरुलाई नुहाएर रङ्गीचङ्गी डोरी लगाएर पूजा गरेका छन् ।किसानले हलो र गोरुको पूजा गरिसकेपछि नजिकैको खेतमा लगेर आज एकछिन जोत्ने चलन छ । आजक