काठमाडौँ – १६ वर्षीय युवा खेलाडी म्याक्स डोउम्यानको दुई गोलमद्दतमा आर्सनलले इङ्लिस लिग कपमा इप्सविच टाउनलाई ४–२ गोल अन्तरले पराजित गरेको छ। पोर्टम्यान रोडमा भएको खेलमा उत्कृष्ट प्रदर्शन गरे पनि आर्सनलका मुख्य प्रशिक्षक मिकेल अर्टेटाले भने उनको विकासमा कुनै हतार नगर्ने र संयम अपनाउने बताएका छन्। गत सिजन १३ खेल खेलेका डोउम्यानले जारी सिजन भने […]
सरकारले आमालाई कम्तीमा ६ महिना र बुबालाई ४२ दिनसम्म तलबसहितको प्रसूति तथा स्याहार बिदा दिने व्यवस्था प्रस्ताव गर्दै सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ संशोधनको तयारी गरेको छ ।
गोरखा । जिल्ला हुलाक कार्यालयमार्फत जिल्लाका ५५० जनाले घरमै राहदानी प्राप्त गरेका छन् । वैशाख १५ गतेयता जिल्लाभर ५५० जनाले घरमै राहदानी बुझेको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए। घरमै राहदानी लिन ६०० जनाले फाराम भरेकामा हालसम्म ५५० जनाले सेवा लिइसकेको उनले जानकारी दिए । बाँकीको राहदानी आउने क्रममा रहेको उनको भनाइ छ । […]
कास्की– कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकबाट मात्र दैनिक तीन हजार लिटर दूध पोखरा बजारमा भित्रिन्छ । पछिल्लो समय यो वडामा मात्र तीनवटा दूध सङ्कलन केन्द्र (डेरी) खुलेका छन् । यहाँ पाँच वर्षका अवधिमा व्यावसायिक पशुपालन फस्टाएको छ । प्रत्येक घरमा गाईपालन सुरु गरेर दूध बिक्री गर्ने किसान बढेका छन् । सरकारले दूध उत्पादनमा किसानलाई प्रोत्साहन दिएपछि […]
भोटेकोशी बाढीपछि चीनसँगको रसुवागढी नाका अवरुद्ध हुनु र तातोपानी नाका पनि बन्द गरिएपछि मुस्ताङको कोरला नाकामा व्यापारिक चाप ह्वात्तै बढेको छ। चाडपर्व नजिकिएसँगै आयात बढ्दा दैनिक करिब २०० कन्टेनर नेपालतर्फ आइरहेका छन्, तर जाँचपास क्षमता भने दैनिक करिब ५० कन्टेनरमै सीमित छ। एकातिर कन्टेनरको लाम बढेको छ भने अर्कोतिर सीमित भन्सार पूर्वाधार, सुरक्षा जनशक्ति, कच्ची […]