गोरखामा हुलाकमार्फत घरमै राहदानी

गोरखा । जिल्ला हुलाक कार्यालयमार्फत जिल्लाका ५५० जनाले घरमै राहदानी प्राप्त गरेका छन् ।  वैशाख १५ गतेयता जिल्लाभर ५५० जनाले घरमै राहदानी बुझेको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए। घरमै राहदानी लिन ६०० जनाले फाराम भरेकामा हालसम्म ५५० जनाले सेवा लिइसकेको उनले जानकारी दिए ।   बाँकीको राहदानी आउने क्रममा रहेको उनको भनाइ छ । […]