काठमाडौं– २४औँ संस्करणको आहा रारा पोखरा गोल्डकप फुटबलमा आज उपाधि भिडन्त हुँदैछ । कास्कीको पोखरा रङ्गशालामा दिउँसो २ बजे सुरु हुने खेलमा उपाधिका लागि नेपाल पुलिस क्लब र उज्वेकिस्तानको ब्ल्याक बुल्स फुटबल क्लबबीच प्रतिस्पर्धा हुँदैछ । सेमिफाइनलमा चर्च ब्वाइजलाई हराएर पुलिस फाइनलमा पुगेको हो भने ब्ल्याक बुल्सले पाँच पटकको उपाधि विजेता थ्रीस्टारलाई पराजित गरेको थियो […]