काठमाडाैँ। कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिसँग सम्बन्धित वस्तुको माग बढ्दा सिंगापुरको गैरतेल घरेलु निर्यात (एनओडीएक्स) सन् २०२६ को सेप्टेम्बरमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६८.४ प्रतिशतले वृद्धि भएको छ। सिंगापुरको सरकारी निकाय इन्टरप्राइज सिंगापुरले शुक्रबार सार्वजनिक गरेको विवरणअनुसार, अगस्टमा पनि गैरतेल घरेलु निर्यात ४६.१ प्रतिशतले बढेको थियो। सेप्टेम्बरमा विद्युतीय सामग्रीको निर्यात १०७.६ प्रतिशतले बढेको छ । […]
माछापुच्छ्रे बैंक लिमिटेड र सीजी ग्रुपद्वारा प्रवर्द्धित युनाइटेड रेमिटबीच रेमिट्यान्स भुक्तानीसम्बन्धी सम्झौता भएको छ। सहकार्यसँगै युनाइटेड रेमिटमार्फत विदेशबाट नेपाल पठाइएको रकम माछापुच्छ्रे बैंकको सेवा सञ्जालबाट भुक्तानी लिन सकिने भएको हो। सम्झौतापत्रमा युनाइटेड रेमिटका तर्फबाट सहायक महाप्रबन्धक सुदन सिंह सिलवाल र माछापुच्छ्रे बैंकका तर्फबाट डिजिटल बैंकिङ प्रमुख माधव सुवेदीले हस्ताक्षर गरेका छन्। बैंकका अनुसार बेलायत, जापान […]
निजी परियोजनाबाट प्रमुख कार्यकारी अधिकृत तथा कर्मचारीले उपहार लिएको आरोप सार्वजनिक भएपछि लगानी बोर्डको कार्यालयले त्यसको खण्डन गरेको छ। बोर्डले शुक्रबार प्रेस नोट जारी गर्दै आफ्नो अनुमति र जानकारीबिनै परियोजनाका प्रतिनिधिले कार्यालयमा मिठाइ तथा बिस्कुटका टोकरी ल्याएको र त्यसलाई कर्मचारीले उपहार स्वीकार गरेको रूपमा प्रचार गरिएको दाबी गरेको हो। सहसचिव एवं प्रवक्ता भूपेन्द्र थापाद्वारा जारी […]
३० असोज, काठमाडौं । सरकारले अबदेखि सडक निर्माणका कार्यमा प्रयोग हुँदै आएको कालोपत्रे (बिटुमिन) का ठाउँमा सिमेन्ट प्रयोगलाई प्राथमिकता दिने भएको छ ।
शुक्रबारको मन्त्रिपरिषद् बैठकले सार्वजनिक खरिदमा स्वदेशी उत्पादनको प्रवर्धन र प्रयोगसम्बन्धी निर्देशिका, २०८३ स्वीकृत …
काठमाडौं – मिठाई उत्पादन तथा बिक्री वितरण गर्ने व्यवसायीले आफूले बिक्री गर्ने मिठाईमा प्रयोग भएका मुख्य कच्चा पदार्थ, तेल वा घिउको प्रकार, उपभोग गर्न सकिने मिति र मूल्य अनिवार्य रूपमा खुलाउनुपर्ने भएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मिठाई व्यवसायीलाई उक्त विवरण उपभोक्ताले स्पष्ट देख्ने गरी मिठाई राख्ने […]