काठमाडौं – हरितालिका तीजका अवसरमा काठमाडौं प्रहरीले अवाञ्छित तथा आपराधिक गतिविधिमा संलग्न हुन सक्ने आशंकामा ७७ जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार विगतका घटनाको अध्ययन तथा विश्लेषणका आधारमा तीज पर्वका क्रममा चोरी, लुटपाट, महिला दुर्व्यवहारलगायत अवाञ्छित गतिविधि हुन नदिन प्रहरीले सुरक्षा निगरानी बढाएको थियो । सोही क्रममा सम्भावित आपराधिक गतिविधिमा संलग्न […]
काठमाडौं । सरकारले संघीय संसद्को चालू अधिवेशन अन्त्य गर्ने तयारी थालेको छ। असोज १५ गतेसम्मको सम्भावित कार्यसूचीसहितको संसदीय क्यालेन्डर प्रकाशित भएसँगै त्यसपछि एक वा दुई बैठक राखेर अधिवेशन अन्त्य गर्ने तयारी भएको हो। संसदीय क्यालेन्डरअनुसार असोज १५ गतेसम्म विभिन्न विधेयक र अन्तर्राष्ट्रिय सम्झौतामाथि छलफल तथा विधेयकहरूलाई दफावार छलफलका लागि सम्बन्धित संसदीय समितिमा पठाउने कार्यसूची छ। असोज १६ गते प्रतिनिधिसभाको बैठक राखेर अधिवेशन अवधिका गतिविधिमाथि छलफल गराउने तयारीसमेत भएको नेताहरूले बताएका छन्। त्यसपछि चालू अधिवेशन अन्त्य गरी अर्को […]
काठमाडौं । ग्रीन आर्मी नेपालको वैधानिकतालाई लिएर सर्वोच्च अदालतले सरकारसँग जवाफ मागेको छ । न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासले सोमबार प्रारम्भिक सुनुवाइ गर्दै सबै विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको हो । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक संरचना प्रयोग गरेको कारण ग्रीन आर्मी विवादमा परेको थियो । अदालतले रिटमा विपक्षी बनाइएका […]
सिन्धुपाल्चोक । नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष मनिष कोइराला, नेपाली कांग्रेस सिन्धुपाल्चोकका उपसभापति दोर्जे लामा र नेपाल तरुण दल सिन्धुपाल्चोकका जिल्ला अध्यक्ष संजय लामाबीच भेटवार्ता भएको छ। भेटका क्रममा नेपाली कांग्रेस सिन्धुपाल्चोकको आगामी जिल्ला अधिवेशन, संगठन सुदृढीकरण तथा जिल्लाको समसामयिक राजनीतिक अवस्थाबारे छलफल भएको बताइएको छ। आगामी जिल्ला अधिवेशनलाई व्यवस्थित, मर्यादित र सहमतिको वातावरणमा सम्पन्न […]
काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. पाँच लाख सहयोग गरेको छ । झाकी श्रीमती दीपानारायण तथा छोरा आदित्यनारायणका तर्फबाट साधना कला केन्द्रमार्फत उक्त सहयोग रकम प्रदान गरिएको हो । सहयोगस्वरूपको चेक अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिएको जनाइएको छ । […]