सरकारले संसद् अधिवेशन अन्त्यको तयारी गर्दै

काठमाडौं ।  सरकारले संघीय संसद्को चालू अधिवेशन अन्त्य गर्ने तयारी थालेको छ। असोज १५ गतेसम्मको सम्भावित कार्यसूचीसहितको संसदीय क्यालेन्डर प्रकाशित भएसँगै त्यसपछि एक वा दुई बैठक राखेर अधिवेशन अन्त्य गर्ने तयारी भएको हो। संसदीय क्यालेन्डरअनुसार असोज १५ गतेसम्म विभिन्न विधेयक र अन्तर्राष्ट्रिय सम्झौतामाथि छलफल तथा विधेयकहरूलाई दफावार छलफलका लागि सम्बन्धित संसदीय समितिमा पठाउने कार्यसूची छ। असोज १६ गते प्रतिनिधिसभाको बैठक राखेर अधिवेशन अवधिका गतिविधिमाथि छलफल गराउने तयारीसमेत भएको नेताहरूले बताएका छन्। त्यसपछि चालू अधिवेशन अन्त्य गरी अर्को […]