काठमाडौं– वन तथा वातावरण एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री माधवप्रसाद चौलागाईंले प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज गृहजिल्ला जुम्लाको तातोपानी गाउँपालिकास्थित मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले जुम्ला जिल्ला तातोपानी गाउँपालिका-५ मा रहेको श्री दुर्गा माध्यमिक विद्यालय मतदान केन्द्रबाट मतदान मतदान गरेका हुन् । मन्त्री चौलागाईंले मतदानपश्चात् लोकतान्त्रिक प्रक्रियामा जनताको सहभागिता अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गरे। […]
यसैबिच, अमेरिका र इजरायलको आक्रमणपछि इरानले खाडीमा रहेका अमेरिकी सैन्य अड्डाहरूमाथि ड्रोन र क्षेप्यास्त्र प्रहार गर्दै जवाफी हमला जारी राखेको जनाएको छ।
स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका वडा नम्बर १० बालज्योति आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा स्थगित भएको मतदान सुरु भएको छ । मतदान अधिकृतले हस्ताक्षर नभएको मतपत्र वितरण गरेकाे भेटिए पछि झन्डै दुई घण्टादेखि मतदान स्थगित रहेको थियोे । दलिय सहमति पछि मतदान प्रक्रिया शुरु भएको छ ।
२१ फागुन, गुल्मी । गुल्मी जिल्लामा जारी प्रतिनिधिसभा सदस्य निर्वाचनमा दिउँसो २ बजेसम्म ७० हजार ४६० मत खसेको छ ।
कुल दुई लाख २९ हजार ५४९ मतदाता रहेको जिल्लामा यो ३०.६९ प्रतिशत मतदान हो ।
जिल्लाभर १४५ …
२१ फागुन, बाजुरा । बाजुरा जिल्लामा दिउँसो २ बजेसम्म ४२ दशमल २ प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन जिल्ला निर्वचन अधिकारी भिम बहादुर शाहीका अनुसार २ बजेसम्म जिल्लाभर ३७ हजार ३ सय ५३ मत …